काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ लिएर आजै सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला पार्टीबाट पठाउने मन्त्रीहरूको नाम छनौँट गर्न माओवादी केन्द्र, कांग्रेस र राचन्द्र पौडेल समूहको बैठक बसेका छन् ।
लाजिम्पाटमा जारी माओवादी केन्द्रको बैठकमा पार्टीबाट आज को–को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालयको बैठकले कम्तिमा तीन जना नेताहरूलाई मन्त्रीका लागि सिफारिस गर्न सक्ने बुझिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बसिरहेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सहभागी छैन ।
पौडेलले अनामनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा गुटको अलग भेला बोलाएको स्रोतले जनाएको छ ।











प्रतिक्रिया