काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा पहिलो पटक महिला निर्देशक सुचित्रा श्रेष्ठ निर्वाचित भएकी छिन् । उनी पहिलो महिला निर्देशक पनि हुन् । सुचित्राको कार्यकाल तीन वर्षको हुनेछ ।
सुचित्राले अध्यक्ष पदका प्रतिस्पर्धी राजु केसीलाई भारि मतको अन्तरले पराजित गरेकी हुन् । सुचित्राले ६९ मत पाएकी थिइन् । राजुले जम्मा ३४ मत पएका थिए । महासचिवमा गोपालचन्द्र लामिछाने निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
समाजको उपाध्यक्षमा रक्षासिंह राणा र दीपक खाँड विजयी भएका छन् । रक्षाले ८३ प्राप्त गरेकी थिइन् । दीपकले ४९ मत पाएका थिए । दुई उपाध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको थियो । प्रमोद भण्डारी ४० मतसहित पराजित भएका छन् ।
सचिवमा शेखर खनाल विजयी भएका छन् । शेखरले ५० मत पाएका थिए भने प्रतिद्वन्द्वी जनकदीप पराजुलीले ४८ मत पाएका हुन् ।
कोषाध्यक्षमा विश्वमणि घिमिरे विजयी भएका छन् । विश्वमणिले समिर बलामीलाई पराजित गरेका हुन् । सहकोषाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।
सदस्यहरूमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भएका छन् ।
१ सय ३८ जना निर्देशकले मताधिकार पाएका थिए । मतदानका क्रममा १ सय ३ मत मात्र खसेको थियो । समाजमा यस पटक पनि कांग्रेस निकट निर्देशकहरूले बाजी मारेका हुन् ।















प्रतिक्रिया