काठमाडौं, २० साउन । प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को पक्षमा मतदान गर्ने पार्टी निर्णय सफल हुने भएपछि अत्तालिएका कांग्रेसका असन्तुष्ट नेता रामचन्द्र पौडेलले सरकारमा कांग्रेसले पाउने मन्त्रालयमा ४० प्रतिशत भागबण्डा खोजेका छन् ।
कोषाध्यक्ष सीतादेवी यादव, गणेशमान सिंहका पुत्र प्रकाशमान, नोना कोइरालाका पुत्र डा. शेखरलाई लिएर सोमबार साँझ पार्टी सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत भाग खोज्न बुढानिलकण्ठ पुगेक असन्तुष्ट टोलीलाई हप्काएर पठाएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
बुढानिलकण्ठ स्रोतका अनुसार भेटमा असन्तुष्ट नेता पौडेलले प्रचण्ड नेतृत्वको सरकारमा जाने सैद्धान्तिक आधार चाहियो ? न्युनतम सहमतिको खाका के होे ? संयुक्त सरकारमा को को जान्छन ? हाम्रो (कांग्रेस) को भागमा कति वटा मन्त्रालय पर्छ ? जस्ता जिज्ञासा र प्रश्न गरेका थिए । उनीहरुले मन्त्री पठाउँदा आफ्नो समुहबाटकांग्रेसले पाउने मन्त्रालयको ४० प्रतिशत भाग दिनु पर्ने भन्दै मगन्ते शैली व्यवहार गरेका थिए ।
जवाफामा देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने सहमति पार्टी केन्द्रीय कार्य समितिले अनुमोदन गरिसकेको, न्युनतम साझा कार्यक्रम पछि आउने र मन्त्रीहरुको छनौट सल्लाहमा गर्ने जवाफ दिएका थिए । उनले सबैलाई मिलाएर मन्त्रीमण्डलमा लैजाने तर भागबण्डा नगर्ने जवाफ दिएका थिए ।
देउवाको जवाफ सुनेर चित्त नबुझेपछि गणेशमान सिंहका पुत्र प्रकाशमानले विगतकै परम्परा अनुसार मन्त्रीहरुको नामावली पठाउँदा आफुहरुलाई ४० प्रतिशत दिन र हाम्रो तर्फबाट बरिष्ठ नेता पौडेलसँग सल्लाह गरेर सरकारमा मन्त्री पठाउनु पर्ने सुझाव दिए । प्रकाशमानको उपदेश सुनेर जंगिएका देउवाले भनेका थिए–‘मैले राजनीतिमा प्रोमोसन गरेको व्यक्ति आज मलााई सिकाउने ? मेरा बिरुद्ध पौडेललाई उकासेर ओली (प्रधानमन्त्री केपी शर्मा ओली) सँग साँठगाँठ गर्ने ?’
देउवाले संसदीय दलको चुनावमा ३२ प्रतिशत ल्याउने अनि मसँग ४० प्रतिशत माग्ने ? जवाफमा पौडेलले १३ औं महाधिवेसनमा त ४० प्रतिशत ल्याएको हो नि भन्ने तर्क गरेका थिए । जवाफमा देउवाले सरकारमा कांग्रेसका महाधिवेसन प्रतिनिधि पठाउने हो कि सांसद ? महाधिवेसनमा त सिटौलाले पनि १२ प्रतिशत त ल्याएका थिएनन् नी ?’
त्यसपछि पौडेलले सभापतिमा संस्थापन पक्षका साथिहरुलाई कृष्ण सिटौलाले भड्काएको आरोप लगाउँदै सिटौला नउठेको भए आफुले महाधिवेसनमा जित्ने र संसदीय दलमा सिटौला उठ्ने हो भने तीन भोट पाउने दाबी गरेका थिए । त्यसपछि देउवाले पौडेललाई जवाफ फर्काएका थिए ‘तपाइँसँग मात्र किन पार्टीका सबै सांसद र नेता साथिहरुसँग सल्लाह गरेर मन्त्रीहरु पठाउँछु ।’ कांग्रेस–माओवादीको गठबन्धन भत्काउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेका पौडेलको षडयन्त्र असफल भएपछि यतिवेला उनी सरकारमा ४० प्रतिशत भाग खोज्दै हिँडेका हुन् ।
देउवाले सोमबार वाल नगनेपछि रामचन्द्रले मंगलबार आफ्नो सम्पर्क कार्यालयमा आफु निकटका सांसदहरुलाई भेला बोलाई देउवा र सिटौलाबिरुद्ध बिष बमन गरेका थिए । स्रोतका अनुसार पौडेलले भनेका थिए ‘देउवाले सत्यनास गर्ने भयो, सिटौलाको कुरा सुनेर हामीले सिफारिस गरेकालाई मन्त्री नबनाउलान जस्तो छ, हाम्रे साथिहरुलाई चोरेर सुटुक्क मन्त्री बनाउने रे ।’
पौडेलको रोइलो सुनेर चित्त दुखेपछि वाकपटुतमा माहिर महेश आचार्यले नयाँ उपाय सुझाए ‘अब रामचन्द्र दाईसँग सल्लाह नगरी देउवामा हाम्रा साथिहरुलाई मन्त्री बनाउन सिफारिस गरे कोही पनि प्रचण्ड नेतृत्वको सरकारमा नजाने ।’ त्यसपछि आधा जति सांसदले ताली ठोके भने आधाले भने केही बोलेनन् ।’
रामचन्द्रको सिफारिसमा मन्त्री पाउने आशामा बसेका काठमाडौंका नविन्द्रराज जोशी र गोरखा माईत भएकी कमला पन्तलाई भने भोक तिर्खा नलागेको कांग्रेस सांसदहरु बताउँछन् । देउवाले पौडेललाई नटेरेको थाहा पाएपछि नोना कोइरालाका छोरा डा. शेखर, आनन्दप्रसाद ढुंगाना र दीपक गिरीहरु भने देउवाको शरणमा पुगेका छन् ।















प्रतिक्रिया