११ कार्तिक २०८३, बुधबार

यी हुन् वीर अस्पताल डुबाउन षड्यन्त्र गर्नेहरू

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, २० साउन । १२७ वर्ष पूरा भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल बाहिरबाट देख्दा जति भव्य र शालिन देखिन्छ, भित्र त्यति नै अस्तव्यस्त बनेको छ ।

अस्पतालमा गणेश गुरुङ उपकुलपति बनेर आएपछि वीरमा अनियमितता र भ्रष्टाचार बढेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सरकारले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा विस्तार गर्ने र मनमोहन मेडिकल कलेजलाई पनि वीरमा नै गाभ्ने निर्णय गरेसँगै गरिव र निमुखा जनता समेत स्वस्थ्योपचार पाइनेमा ढुक्क छन् । तर, यथार्थ भने अर्कै छ ।

अस्पतालमा कार्यरत उपकुलपति देखि उनी निकट निम्न स्तरका कर्मचारीले समेत कमाई खाने भाँडो बनाएपछि वीर अस्पतालमा यतिबेला भ्रष्टाचार र अनियमितताले किलो गाडेको छ । उपकुलपति गणेश गुरुङ, डिन योहनचन्द्र शिवाकोटी र सेवा आयोगका सचिव लक्ष्मण अर्याल र हिमालय तिवारी, विष्णु फुयाल, भक्तिमान सुब्बा, नबराज धिताल, भगवती थपलियालगायतले वीर अस्पताललाई दुहुनो गाई बनाइरहेका छन् । उनीहरुले सरकारी निकायलाई नै कमाई खाने भाँडो बनाउँदा जनताले समयमा नै उपचार पाउन सकेका छैनन् ।

उपचारका लागि पुगेका जनताले वीरमा बेड पाउन सकेका छैनन् । अस्पतालको अकस्मिक कक्षमा सधैंजसो एउटै बेडमा तीन जनासम्म विरामी हुने गर्दछन् । भर्ना गरेर उपचार गराउनु पर्ने विरामीलाई समेत गुरुङको सिफारिस विना बेड उपलब्ध गराईंदैन । वीरामीले बेड पाउनका लागि कि एमाले पार्टीको सिफारिस पत्र त कि गुरुङ र उनका एजेण्टलाई कमिसन बझाउनु पर्ने अवस्था छ । तीन दिन सम्म अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका विरामीले समेत बेड पाउन सकेका छैनन् । अस्पतालमा रहेका बेडहरु खाली भएपनि गुरुङको समूहले बेड छैन भन्दै कमिसन आउने हस्पिटलमा रिफर गर्ने गरेका छन् ।

वीर अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका एक जना विरामी नाम उल्लेख नगर्ने शर्तमा भन्छन्–म पेटको समस्याले गर्दा यहाँ आएको तीन दिन भइसक्यो, यहाँ नै बसिरहेको छु । बेड छैन भनेर मलाई बाहिर जान आग्रह गर्ने गर्छन् । तर, म भन्दा पछि आएका कति जना बेडमा गएर उपचार गराइरहेका छन् । हामी जस्तो गरिवको कुरा कसले सुनिदिन्छ र ? खै, अकालमै पो मरिएला जस्तो छ त ।’

यता, वीर अस्पतालभित्र हुने गरेको भ्रष्टाचारको कथा भने अर्कै छ । नर्सिङ प्रवेश परिक्षामा एउटाको नाममा अर्कालाई जाँच दिन लगाउने, एमडीएमएसमा प्रति विद्यार्थी ४० लाख सम्म लिएर नाम निकाल्ने, सेवा आयोगलाई एकलौटी बनाउँदै परिक्ष्ाँ लिइसकेपछि आफू निकटको उत्तरपुस्तिका नै परिवर्तन गरी परिक्षाफल प्रकाशित गर्ने, महाभूकम्पको समयमा आफू निकट व्यापारीसँग धेरै महंगो मूल्यमा औषधी खरिद गरी कमिसन लिने, वीर अस्पतालभित्र २०७१ साल पछि राखिएका सिटीस्यान मेसिन, एमआरआई मेसिन, भिआईपी कक्ष निर्माण, भूकम्पपछिको अस्पताल मर्मतसम्भारलगायतमा उपकुलपति गुरुङ, डिन शिवाकोटी र सेवा आयोगका सचिव अर्याललगायतले कमिसन खाएर काम गरेको वीरकै कर्मचारीहरु बताउँछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय र लोक सेवा आयोगले कर्मचारी नियुक्ति गर्दा सेवा आयोग र नियमभित्र रहि नियुक्ति गर्नु भन्ने निर्देशनको विपरित उपकुलपति गुरुङको समूहले शाखा अधिकृत देखि कार्यालय सहयोगीसम्म आफन्त, परिवार र एमाले पार्टी निकटका ६० जनालाई नियुक्ति गरी तीन करोड कुम्ल्याएको समेत स्रोतको दावी छ ।
राष्ट्रिय गौरवको ट्रमा सेन्टरमा समेत गुरुङको समूहको चलखेल हुने गरेको छ । ट्रमामा मनलाग्दी कर्मचारी नियुक्ति गर्ने देखि सामान खरिदमा समेत उनीहरुले कमिसन खाने गरेका छन् । एमाले निकट कर्मचारीहरुले ट्रमा सेन्टरमा ‘वीर अस्पताल’ नाम राखेर सहकारी संस्था सञ्चालन गरिरहेका छन् । ट्रमामा दैनिक दर्जनौ विरामी वेड नपाएर फर्कने गरेका छन् भने सहकारी सञ्चालनका लागि भने उनीहरुले कोठा छुट्याएका छन् । सम्बन्धित निकायले अझै पनि यस विषयमा गंभिर चासो नदेखाउने हो भने वीर अस्पताल गरिव र निमुखा जनताका लागि नभई गुरुङ जस्ता भ्रष्ट कर्मचारी र एमाले पार्टीको भर्ति केन्द्र बन्ने निश्चित छ ।