
पोखरा, २० साउन । पोखरा १० की भीमा पाण्डेलाई युके लण्डन ठेगाना राखेका जन्सन टिकुटी नामको व्यक्तिले फ्रेन्ड रिक्वेस्ट पठायो । पाण्डेले पनि रिक्वेस्ट स्वीकार गरिन ।
त्यसपछि टिकुटीले उनलाई विभिन्न शब्द जाल मार्फत लोभ देखाएर प्रेमी बनाउने नाटक रच्यो । अन्तरंग कुराहरु भयो । यूनाइटेड पोष्ट साप्ताहिकमा यदुनाथ बञ्जाराले समाचार लेखेका छन् ।
जन्सनले गंगालाई लोभ्याउने गरि विभिन्न सामग्रीहरु उपहार स्वरुप पठाउने बतायो । केहि दिनमै जन्सनले आइफोन सिक्स मोवाइल सेट, हिराको सिक्री, औंठी टप, व्याग र चप्पलहरु पठाइदिएको भन्दै फोटो सेन्ट ग¥यो फेसवुकमा । भिमा पनि चकित परिन यति छिट्टै यति महंगा उपहारहरु किन पठाएको होला भनेर ।
त्यसको ३ दिन पछि भारतको नयाँदिल्लीबाट अविनाश सिंह भन्ने व्यक्तिले नं. ९१९६५०२१८६०५ नम्वरवाट फोन गरेर भिमा पाण्डेलाई तपाईको नाममा युकेवाट जन्सनले टिकुटीले पठाएको पार्सल प्याक आएको छ समान छुटाउन २५ हजार आइसी तत्काल पठाउन भन्यो । भारतको एसविआई वैंकको खा.नं. २०२८७९८३८९९ समेत पठाएर त्यो खातामा रकम जम्मा गरिदिन आग्रह ग-यो ।
पैसा खातामा राख्नु भन्दा आफू दिल्ली मै समान छुटाउन आउने भन्दै पाण्डेले बताएपछि अविनाशले यहाँ आए पनि डिपोजिट राखेपछि मात्र समान पाईने भनेपछि वल्ल पाण्डे झस्किन पुगिन । ठग्ने नियतले आफूलाई फेसवुके दलालहरुले षडयन्त्र गरेको चालपाएपछि उनले प्रेमी बताएर ठगी गर्न खोज्ने जन्सन टिकुटीको एकाउण्ट नै व्लक गरिदिनइन् र भारतको ठग अविनाशको टेलिफोन सम्पर्कलाई पनि विच्छेद गरिदिएको बताइन् ।
भिमा पाण्डे यस्तो प्रकरण मध्यको एक नमूना पात्र मात्र हुन् । उनी सञ्चार माध्यमसँग खुलेर कुरा गरिन । तर, धेरै महिला तथा पुरुषहरु यस्ता ठगी गिरोहवाट ठगीएर लाजले मुख देखाउन समेत नसक्ने अवस्थामा छन् भने सञ्चार माध्यमसँग कसरी प्रस्तुत हुन आटं गरुन् ?
महिला र पुरुष दुवै यस्तो ठगी गिरोहको फन्दामा पर्दै आएका छन् । विपरित लिंगिय आकर्षण भजाएर ठगहरुले चलखेल गरिरहेका छन् ।
ठगीनेहरु धेरै जसोले हिनतावांध सांधेर बसेका छन् भने केहि प्रतिशत मात्रले न्यायको लागि पीडितहरुले प्रहरी समक्ष उजुरी दिने गरेका छन् ।
काठमाडौं उपत्यकामा यस्ता प्रकृतिका घटना वढी हुने गरेका छन् ।
महानगरीय प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार काठमाडौंमा यसरी ठगीनेहरु दैनिक जसो आइरहेका छन् । उजुरी परेका मध्य १५–२० प्रतिशत मात्र फेला पर्ने र बाँकी ठगहरु फेला पार्न नसकिने एसएसपी थापाले बताए ।
फेसवुक ठगी काण्डमा विश्वव्यापी गिरोहको हात रहेको वुझ्न सकिन्छ । युरोप देखि भारतसम्मका विभिन्न ठगहरुको सञ्जालले सोझा सिधा नेपालीहरुलाई ठग्न विभिन्न लोभ लालच र अस्त्र प्रयोग गर्ने गरेको पाइएको छ ।
भिमा पाण्डेलाई ठगी गर्ने नियतले पठाइएको डकुमेन्टमा ¥यापिङ डिस्प्याच पार्सल डेलिभरी नामको विल प्रयोग गरिएको छ । स्पेसल एअरवेज लगेज मात्र भनि उल्लेखित विलमा समानको प्याकेट (कार्टुन) उल्लेख छ जसमा पठाउने ठेगाना लण्डन र पाउने नेपालको पोखरा–१० वुद्धचोक गंगा पाण्डे उल्लेख गरिएको छ ।
लण्डनवाट जुलाई २५, २०१६ मा प्रेषित पार्सल भारतको दिल्लीबाट डेलिभरी गर्ने प्रकृया अपनाइएको छ । भारतीय ठग अविनाश सिंहले नेपाल पोखरा–१० कि भिमा पाण्डेको नाम ठेगाना र नम्वर समेत संलग्न गराई उपहार समान छुटाउन २५ हजार भारतीय रुपैयाँ पठाउन माग गरिएको छ ।
यस प्रकरणमा मुछिएका प्रत्यक्ष संलग्न रहेका लण्डनका जन्सन टि–कुटी, भारतका अविनाश सिंह र उनीहरुले प्रयोग गरेका एसविआई बैंक र लण्डनको -यापिड डिस्प्याच एअरवेज पार्सल सर्भिस नामको कम्पनी उपर पनि छानविन गर्न जरुरी रहेको आम सर्वसाधारणले महसुस गरेका छन् ।
नक्कली विल भरपाई वनाएर सर्वसाधारण नेपालीलाई ठग्न खोज्ने गिरोहलाई इन्टरपोलले छानविन गर्न जरुरी रहेको छ । भिमा पाण्डे एक सचेत पात्र भएकै कारण ठगहरुको पञ्जावाट जोगिन सफल भएकी छन् ।
उनी जस्ता सयौं नेपाली दाजुभाई तथा दिदी वहिनीहरु ठगीएर घर न घाटका भइसकेका छन् । अतः कहि कसैले चिठ्ठा परेको वा उपहार आएको भन्दैमा विश्वास गरिहाल्नु हुदैन भन्ने पाठ सिक्नु जरुरी छ ।
परिश्रम नगरिकन अचानक आउने र पाउने पुरस्कारमा हवात्तै विस्वास गर्नु आफैमा घातक बन्न सक्छ र बनिरहेको पनि छ । तरपनि लोभी पापी मनहरुका कारण फस्ने र फसाउनेहरुको धन्दा चलिरहेकै पाइएको छ ।
अझै पनि हामी खवरदारी गर्न चाहान्छौ मिठा शब्दका कथित माया जालमा परेर लोभ र लालचका परिवन्दमा फस्नवाट बचौ आफ्नै श्रम पसिनामा पुरा विश्वास गरौं ।















प्रतिक्रिया