१ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई दीपकराज गिरीको व्यंग्य- ‘भदौ २४ मा कुद्नेछ पूर्ब पश्चिम रेल’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepakraj0giriकाठमाडौं । हास्य कलाकार दीपक राज गिरीले नवनिर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य हानेका छन् ।

व्यवस्थापिका संसदमा प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि प्रचण्डले निर्वतमान प्रधानमन्त्री केपी ओलीलाई ‘प्रधानमन्त्री ज्यू हामी रेल कुदाउन तयार छौं । तर पैसा आउने स्रोत देखाइदिनुस् । कहाँबाट आउछ पैसा ?’ भनेर प्रश्न गरेका थिए ।

उक्त प्रश्नपछि व्यंग्यात्मक शैलीमा जवाफ दिँदै दीपकले भदौं २४ मा प्रदर्शनमा आउने आफ्नो फिल्म छक्का पञ्जाको गीत पूर्व पश्चिम रेल कुद्ने उल्लेख गरेका छन् ।

हेर्नुस् दीपकको जवाफः

प्रचन्डले ओलीलाइ भने रेल कुदाउन मन छ
तर पैसो कॉहाबाट ल्याउने भन्दिनुस
एउटा रेल कुदाउछू भन्ने
अर्को रेल कुदाउन पैसा छैन भन्ने
होइन प्रधानमन्त्री छान्न लाग्या हो कि रेल डाइभर ?
भर्खर हुन लाग्या प्रधानमन्त्रीको बिरोध के गर्नु
भर्खर गएकालाइ के ब्यग्य हान्नु……. बिना पैसा रेल त
भदौ २४ गते मात्र कुदनेछ….पूर्ब पश्चिम रेल .. हल्का प्रचार हेहेहे!!!