२६ कार्तिक २०८३, बिहिबार

अन्ततः ओली सरकारकै जित भयोः कमल थापा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa

काठमाडौं, १९ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काँग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमतिमा नयाँ कुरा केही नभएको बताएका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि व्यवस्थापिका संसदबाहिर सञ्चारकर्मीसँग अध्यक्ष थापाले भने, ‘मैले तीनबुँदे सम्झौता पढें, एकाध प्राविधिक विषयबाहेक केही पनि नयाँ कुराहरु छैनन्, हाम्रै पालाको सरकारले गरेका कुराहरु दोहोरिएका छन् । अन्ततः केपी ओली नेतृत्वको सरकारको जीत भएको छ ।’

उनले तीन बुँदेमा समेटिएका मधेश आन्दोलनमा निधन भएकाहरुलाई सहिद घोषणा गर्ने सहमतिबाहेक अरु सबै कुराहरु ओली नेतृत्वको सरकारले नै अगाडि बढाएको विषय भएकाले यो सहमति नयाँ नरहेको थापाको तर्क थियो ।

संविधानमा असहमति जनाउँदै आन्दोलनमा रहेका मधेसी दलहरु संसदमा आउनु स्वागतयोग्य भएको थापाले यसबाट संविधानको सर्वस्वीकार्यता प्रमाणित भएको स्पष्ट पारे ।