२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डले प्रधानमन्त्री ओलीसँग मागे सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौ, १९ साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास निर्माणका लागि अघि सारिएका योजना अघि बढाउन सुझाव मागेका छन् ।

व्यवस्थापिका संसदमा बोल्दै प्रचण्डले राष्ट्र र जनताको हितमा अघि बढाइएका कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउने क्रममा सुझाव मागेका हुन् ।

‘प्रधानमन्त्रीज्यू तपाईको सरकारले ल्याएका सबै योजना कार्यान्वयन गर्छाैं । हामीलाई तपाईको दरिलो साथ चाहिन्छ,’ उनले भने– ‘तर, ती योजनाहरु कसरी अगाडि बढाउने, पैसा कहाँबाट ल्याउने ? स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सम्झाइदिनस् । उपयुक्त सल्लाह र सुझाव दिनुस् ।’

ओली सरकारले जिल्ला-जिल्लामा विकास निर्माणका लागि बजेट छुट्याएका सबै कार्यक्रमहरु हुबहु कार्यान्वयन गर्ने प्रचण्डको भनाई छ ।