काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार मुलुकको ३९ औँं प्रधानमन्त्रीमा निर्वाचित हुने भएपछि ओलीले सरकारी निवास बालुवाटार छोड्ने भएका हुन् ।
उनले संसद बैठक सकिएपछि बालुवाटारबाट आफ्नो सामान लिएर भक्तपुरस्थित बालकोटमा आफ्नै घर फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्वागत गर्न समर्थक सडकमा
प्रधानमन्त्री ओलीलाई उनका समर्थकहरुले स्वागतार्थ नयाँ वानेश्वरेखि प्रदर्शन गर्दै बालकोट पुर्याउनेछन् । नेपाली झण्डा हात हातमा लिएर समर्थकले ‘वेलकम ब्याक’ भन्दै नयाँ बानेश्वरबाट ओली निवास बालकोटसम्म प्रदर्शन गर्नेछन् ।
एमाले अध्यक्ष समेत रहेका ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए ।












प्रतिक्रिया