काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य विमलेन्द्र निधीले नेतृत्व गर्ने भएका छन् ।
आज हुने प्रधानमन्त्रीको निर्वाचनपछि गठन हुने नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट निधीले नेतृत्व गर्ने लगभग निश्चित भएको एक नेताले बताए ।
उनका अनुसार पूर्व महामन्त्री कृष्ण सिटौलालले सरकारमा पार्टीको नेतृत्व गर्न अनिच्छा देखाएपछि देउवाका विश्वास पात्र निधीले नेतृत्व पाउने भएका हुन् ।
सरकारमा नेतृत्व लिन अर्काे नेता अर्जुननरसिह केसी पनी इच्छुक देखिएका छन् । तर, निधीकै सम्भावना बढी रहेको ती नेता बताउँछन् । उनका अनुसार निधीले आजै प्रधानमन्त्रीमा चुनिने प्रचण्डसँगै सपथ लिने तयारी समेत भइरहेको छ ।












प्रतिक्रिया