मुम्बई । हलिउड फिल्मको शुटिङ सकेर बलिउड फर्किएकी अभिनेत्री दीपिका पादुकोणले आफ्नो ‘फिस’ अर्थात पारिश्रमिक बढाएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जय लीलन भन्सालीको फिल्म ‘पद्मवती’ छानिएकी दीपिकाले काम सुरु गर्नका लागि आफ्नो फिस बढाएकी हुन् ।
यसअघि भन्सालीकै हिट फिल्म ‘बाजीराव मस्तानी’मा दीपिकाले ७ देखि ८ करोड फिस लिएकी थिइन् । तर, उनले नयाँ फिल्म पद्मवतीमा ११ देखि १२ करोडसम्म पारिश्रमिक मागेको समाचारमा जनाइएको छ ।
यदि उनले मागेको यो पारिश्रमिक पाए दीपिका बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बन्नेछिन् । अहिले बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामा कंगना रनावत एक नम्बरमा छिन् । उनले १० करोड पारिश्रमिक लिन्छिन् ।
















प्रतिक्रिया