१ कार्तिक २०८३, आइतबार

ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार मानिस विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

philippinenमनिला (फिलिपिन्स), १८ साउन । सोमबार आएको निडा नामक ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार नागरिक विस्थापित भएको यहाँको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।

आँधीका कारण करिब दुई हजार परिवार अर्थात् आठ हजारभन्दा बढी व्यक्ति फिलिपिन्सको उत्तरी भूभागमा प्रभावित भएको प्रकोप व्यवस्थापन समितिले बताएको छ ।

निडा नामक आँधीका कारण उक्त क्षेत्रमा रहेका विद्यालयहरूको पठनपाठन अनिश्चित कालका लागि बन्द गरिएको छ ।

आँधीका कारण उक्त क्षेत्रमा रहेका विमानस्थलमा समेत असर पर्दा सोमबार अधिकांश आन्तरिक उडानका सेवा रद्द भएका छन् । –सिन्ह्वा