१ कार्तिक २०८३, शनिबार

मकाउका क्यासिनोबाट हुण्डी कारोबार, मोष्ट वान्टेड थापासहितको समूह सक्रिय

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सुदर्शन थापा मगर
सुदर्शन थापा मगर

काठमाडौं, १८ साउन । मकाउ र हङकङमा बसेर अबैध हुण्डी कारोबारदेखि रक्तचन्दन र सुनको तस्करी गर्ने गिरोहबीच झगडा हुन थालेको छ ।

मकाउका क्यासिनोमा रोजगारीका लागि पुगेका नेपालीहरूले कमाएको पैसा स्वदेशमा पठाउँदा हुण्डी व्यापारीले तानातान गर्न थालेको घटना बाहिर आएको छ । क्यासिनोमा काम गर्ने नेपाली गार्डलाई ‘मैले भनेको ठाउँबाट पैसा पठाउनु’ भन्दै नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका सुदर्शन थापा मगर र किरण श्रेष्ठले धम्क्याउने गरेको एक पीडितले गुनासो गरे ।

क्यासिनोमा काम गर्ने सेक्यूरिटी गार्डहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर, आर्ईएमई जस्ता स्वीकृत प्राप्त निकायबाट पैसा पठाउन खोज्दा पनि थापा र श्रेष्ठले अवैध हुण्डीमार्फत पैसा पठाउन दबाब दिने गरेका हुन् । सेक्युरिटी गार्डहरूको हुण्डीमार्फत पैसा पठाउने विषयमा श्रेष्ठ र थापाबीच झगडा हुन थालेपछि हुण्डी कारोबारको भित्री रहस्य बाहिर आएको हो ।

रोजगारीको शिलशिलामा मकाउ र हङकङमा काम गर्ने नेपालीहरूको मासिक झण्डै पाँच मिलियन हङकङ डलर नेपाल भित्रने गर्दछ । नेपालमा नक्कली डिभोर्स गरेको रेकर्ड बनाएर चाइनिज गर्लफ्रेण्ड बनाई थापा र श्रेष्ठले मकाउको आइडी बनाएर यस्तै प्रकृतिका अबैध धन्दा सञ्चालन गर्दै आएका छन् ।

थापा र श्रेष्ठ

किरण श्रेष्ठ
किरण श्रेष्ठ

ले अवैध हुण्डी व्यापारीहरूलाई धम्क्याएर कामदारहरूले पठाएको पैसाबाट कमिसन समेत बुझ्दै आएका छन् । यसरी अवैध रुपमा भित्रने पैसाले राजश्वमा प्रतिकुल प्रभाव पारे पनि राष्ट्र बैंकले कुनै कारबाही गर्न सकेको छैन ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझासिधा युवतीहरूलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने धन्दामा सक्रिय सुदर्शन थापा मगरले केही समयअघि नेपाली कांग्रेसका नेताहरूलाई मकाउ बोलाउँदा सेक्युरिटी गार्डहरूबाट २० हजार हङकङ डलरका दरले पैसा उठाएका थिए ।

नेपाली जनसम्पर्क समिति मकाउको अध्यक्ष र एनआरएन मकाउका पूर्व अध्यक्ष थापाले नेपालमा प्रहरीको कारबाहीबाट जोगिन कांग्रेसका नेताहरूलाई नेपाली जन–सम्पर्क समिति मकाउको तेस्रो बार्षिकोत्सब कार्यक्रममा बोलाएका थिए ।

त्यस्तै, हङकङ एनआरएनका सदस्य धर्म गुरुङले पनि अबैध हुण्डीको कारोबारको सञ्जाल विस्तार गरी काम गर्दै आइरहेका छन् । कुनै बेलासँगै काम गरेका सहयोगी एमबी (मीनबहादुर) गुरुङसँग नाम जोडिएपछि धर्म र एमबीको सम्बन्ध यतिखेर विग्रिएको छ । यो नाटकीय मात्र रहेको बुझिएको छ ।

हङकङमा बस्दै आएका धर्म गुरुङले काठमाडौंमा देबु ट्राभल्स एजेन्सीमार्फत हुण्डीको कारोबार गर्दै आएका छन् । धर्मले पोखराका सिधासाधा युवतीहरूलाई

धर्म गुरुङ
धर्म गुरुङ

हङकङ आइडी बनाइदिने भन्दै पोखराकै धिताल टुर्स एण्ड ट्राभल्सबाट हुण्डी गर्न लगाई लाखौं रकम लिने गरेको एक पीडितले बताए । धर्मको समूहले हङकङ, मकाउ, युके, जापान, मलेसिया र दुवईसम्म हुण्डीको नेटवर्क विस्तार गरिसकेको छ ।

नेपाली कामदारबाट उठाएको अवैध रकम जम्मा गरेर सुदर्शन र किरणले मकाउमा नै सुन किन्ने गरेका छन् । सुन किनेर बचेको डलर भने उनीहरूको समूहले चीनको ग्वान्जाओ पुगाएर नेपाली माडवारी व्यापारीहरूलाई बेच्ने गरेका छन् । यसरी उनीहरूको समूहले किनेको सुन पनि राजश्व छली गरी नेपालमा रहेका उनीहरू निकट व्यापारीलाई पठाउने गरेका छन् ।

नेपालमा रहेका सुन व्यापारीहरूले त्यसरी भित्रिएको अवैध सुन बेचेर मकाउमा कार्यरत नेपालीहरूको घर–घरमा पैसा पुगाउने गरेको स्रोतको भनाइ छ ।