१ कार्तिक २०८३, आइतबार

सफाई अभियानमा वृन्दाबन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bindraban51g

बाँके । चलचित्र वृन्दाबन युनिटले आफ्नो प्रचार, प्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेको छ ।

दुई दर्जन युवाहरुले वृन्दाबन लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि सोस्फूर्त रुपले सफाई अभियानमा सहभागी भएका थिए । भिन्न शैलिमा प्रचार शुरु गरेका बृन्दावन युनिटले देश ब्यापी रुपमा सफाई अभियान थाल्ने बताईएको छ ।

केही दिन अघि जोरपाटी स्थीत खगेन्द्र नवजीवन केन्द्रमा आस्रित ४६ जना बालबालिका बीच ताला चाबी……., बोलको गीत र अफिसियल प्रोमो सार्वजनिक गरेर चलचित्र वृन्दाबनको प्रचारमा निस्कीएको युनिटले गत शनिवार राजधानीमा एक कार्यक्रको आयोजना गरी चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको थियो ।

रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र वृन्दाबन आगामी भाद्र १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको कारण चलचित्र युनिट उग्र रुपले प्रचार, प्रसारमा उत्रीएको हो ।

रुद्र खनाल र कमल जि. सी. निर्माता रहेको चलचित्र वृन्दाबनका लेखक, निर्देशन राजबहादुर साने हुन् । चलचित्र वृन्दाबनमा बाँदर अनि किशोर खतिवडा, शिल्पा पोखरेल आदिको मुख्य भूमिका रहेको छ ।