२ कार्तिक २०८३, सोमबार

रिलायबल १०० दिन मुद्दतीमा ७ प्रतिशत ब्याज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

reliable-bank

काठमाडौं, १६ साउन । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १०० दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

१०० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ५५ सम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । १०० दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।