२ कार्तिक २०८३, सोमबार

जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydro-surungइलाम, १६ साउन । इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो ।

विसं २०७१ मङ्सिर ५ गते जोगमाई खोलापट्टिबाट सुरुङ खन्न सुरु गरेको आयोजनाले ५७३ दिन काम गरेर सुरुङ निर्माण कार्य सम्पन्न गरेको आयोजनाको प्रवद्र्धक कम्पनी सानभी इनर्जी प्रालिका संस्थापक भानु पोखरेलले जानकारी दिनुभयो ।

सुरुङ निर्माणको कामसँगै आयोजनाको ७५ प्रतिशत काम सकिएको पनि प्रालिका अर्का संस्थापक पाल्देन काजीले बताउनुभयो ।
यसअघि आयोजनाको सुरुङको सेतीखोलादेखि ४०० मिटर हेडरेस पाइप र एक हजार २४३ मिटर पेनस्टक पाइपको काम पनि लगभग निर्माण सम्पन्न भइसकेको काजीले बताउनुभयो ।

आगामी मङ्सिर महिनासम्ममा आयोजनाको काम सम्पन्न गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी भइरहेको पनि संस्थापक पोखरेलले जानकारी दिनुभयो । आयोजनादेखि गोदकस्थित सबस्टेसनसम्म लाइन पुर्याउन पोल गाड्ने काम भइरहेको छ । रासस