१ कार्तिक २०८३, आइतबार

साहसी प्रदर्शन गर्ने नागरिकलाई नोबेलपुरस्कारका लागि सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

OB-TM552_062412_J_20120624141636इस्तानबुल (टर्की), १४ साउन । टर्कीको एक विश्वविद्यालयले जुलाई १५ मा राज्य विद्रोह गराउन गरिएको असफल प्रयासलाई निडरताका साथ सामना गर्ने ‘साहसी’ टर्कीवासीको नाम सन् २०१७ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ ।

हामीले राज्य विद्रोह प्रयासलाई असफल पार्न आफ्नो जीवनको पर्वाह नगरी देश र नागरिकको पक्षमा लड्ने साहसी टर्कीका नागरिकलाई आगामी वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छौँ, इस्तानबुलको आयदिन विश्वविद्यालयका अध्यक्ष मुस्तफा आयदिनले बताउनुभयो ।

टर्कीमा दुई साता पहिले भएको असफल राज्य विद्रोहमा सयौँ हजार नागरिक सडकमा उत्री टर्कीको अल्पसङ्ख्यक पक्षले केही सेनाको सहयोगमा वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने अभियानलाई असफल पारेको उहाँकोे दाबी छ । – एएफपी