काठमाडौं, १३ साउन । नेपालमा बाढी र पहिरोबाट जनधनको क्षति भएकोप्रति भारतले दुःख व्यक्त गरेको छ ।
विहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले नेपालमा भइरहेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिमामा भइरहेको बाढी र पहिरोका कारण आफूरुलाई पनि समस्या आईपरेको बताए ।
उनले भने– ‘बाढी पहिरोबाट नेपालमा जनधनको क्षति हुँदा हामीलाई दुःख लागेको छ । नेपाल सरकारले आग्रह गरेमा बाढी पहिरोका सम्वन्धमा नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौं,’ उनले भने ।













प्रतिक्रिया