२ कार्तिक २०८३, सोमबार

तरकारीको मूल्यमा पच्चीस प्रतिशतको वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkari

काठमाडौँ, १३ साउन । लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार यी विभिन्न कारणले गर्दा गत वर्षभन्दा यस वर्ष तरकारीको मूल्य २५ प्रतिशतले वृद्धि भएको छ । सामान्यतया कालीमाटी तरकारी बजारमा दैनिक आठदेखि ९०० टन तरकारी भित्रने गरेकोमा केही दिनयता दैनिक ६०० टन मात्र तरकारी भित्रिएको छ । आयात कम हुँदा पनि मूल्यवृद्धि भएको हो ।

हिउँदको समयमा बढीमात्रामा तराईका जिल्लाबाट तरकारी आयात हुने भए पनि नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुरलगायत पहाडका जिल्लाबाट मात्र तरकारी आयात भइरहेको छ ।

आज कालीमाटी तरकारी बजारमा थोक मुला प्रतिकेजी रु १४, बन्दा रु २४, गोलभेँडा रु ८०, काउली रु ७०, करेला रु ५०, भिन्डी रु ४०, काँक्रो रु ७०, आलु रु ५८ मूल्य रहेको व्यापारी विष्णु कँडेलले जानकारी दिनुभयो ।

व्यापारी कँडेलका अनुसार तरकारीको उत्पादन कम हुँदा कृषकसँग महँगोमा खरिद गर्नुपरेकाले उपभोक्तालाई बढी मूल्य परेको हो । रासस