एजेन्सी । सुपरस्टार रजनीकान्त अहिले जताततै चर्चा छ ।
एक त भर्खरै प्रदर्शनमा आएको उनको फिल्म कबालीले बलिउडका सबै रेकर्ड तोडेको चर्चा छ भने अर्काे तर्फ सामाजिक सञ्जाल ट्वीटरको ।
रजनीकान्तले ट्वीटर ज्वाइन गरेको करिब साढे ती वर्ष भइसक्यो । तर, उनले ट्वीटरमा अहिलेसम्म मात्र दुई जनालाई फ्लो गरेका छन् । जबकी कुल मिलाएर उनले १९ वटा एकाउन्ट मात्रै फ्लो गरेका छन् ।
जून दुई व्यक्तिलाई रजनीकान्तले फ्लो गरेका छन् तिनीहरुमा एक नेता भने अर्का अभिनेता छन् । रजनीकान्तले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउडका महानायक अमिताभ बच्चनलाई मात्रै फ्लो गरेका छन् ।
यी दुई व्यक्तिका अलावा रजनीकान्तले अरु कुनै व्यक्तिलाई फ्लो गरेका छैनन् । मात्र न्यूज अर्गनाइजेशन्स फ्लो गरेका छन् । २०१३ सालमा ट्वीटरमा आएका रजनीकान्तले ती वर्षमा मात्र २९ वटा ट्वीट गरेका छन् । यसले के देखाउँछ भने उनी ट्वीटर धेरै चलाउँदैनन् । तैपनी रजनीकान्तको ट्वीटरमा करिब तीन मिलियन फ्लोअर्स छन् ।
















प्रतिक्रिया