२ कार्तिक २०८३, सोमबार

बाढीले लघुजलविद्युत् परियोजना बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiro

म्याग्दी, १३ साउन । अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट जिल्लाका तीनवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् ।

लुलाङमा गएको पहिरोले ३५ किलोवाट क्षमताको दोस्रो दरखोला र मुनामा रहेको ६० किलोवाट क्षमताको प्रथम दरखोला लघुजलविद्युत् परियोजना पाँच दिनदेखि बन्द भएका छन् । बाढीले नहर बगाएपछि ओखरबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् तीन दिनदेखि बन्द छ ।

लुलाङ गाविस–६ जुकेपानी भिरबाट निरन्तर खसिरहेको पहिरोले परियोजनाको नहर बगाउनुको साथै विद्युत्गृह जोखिममा पारेको स्थानीय केसरबहादुर पुर्जाले बताउनुभयो । उक्त पहिराले दुईवटा गोठ समेत बगाएको छ भने केही घर जोखिममा छन् ।

पहिरोको कारण स्थानीयवासी राती घर छाडेर अन्यत्रै बस्न थालेका छन् । परियोजना बन्द भएपछि लुलाङ गाविसका ३५०, मुना गाविसका ८०० र ओखरबोटका ३८० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । ओखरबोट–३ मा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत आयोजनाको करिब १५० मिटर नहर बगाएको बताइएको छ । रासस