२ कार्तिक २०८३, सोमबार

नेपाल बैंक लिमिटेडमा खुल्याे जागिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Bank-Ltd

काठमाडौं, १३ साउन । नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागि जागिर खुलेको छ ।

पूर्ण सरकारी स्वामित्वको नेपाल बैंकले बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो । लोक सेवा आयोगसँग स्वीकृति लिएर बैंकले उप–प्रबन्धकदेखि सहायकसम्मको ८१ जनाका लागि जागिर खोलेको सूचनामा उल्लेख छ ।

बैंकले व्यवस्थापन र अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेकाहरुका लागि सहायक पदमा ६३ जना मागेको छ भने एक उप–प्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरु पनी मागेको छ ।

आवेदन अबको १५ दिनभित्र दिन सकिनेछ । विभिन्न पदका लागि छुट्टा–छुट्टै योग्यता निर्धारण गरिएको छ । उप्रवन्धक र सहायक उपप्रवन्धका लागि एकवर्ष परीक्षण काल तोकिएको छ भने बरिष्ठ सहायक र सहायकहरुका लागि ६ महिना परीक्षण अवधि तोकिएको छ ।

हेर्नुस् सूचनाः

nbl-notice-vacancy