पाँचथर, १३ साउन । पाँचथरमा संघीय लिम्बूवान मञ्च नेपाल तेस्रो जिल्ला अधिवेसनमा जूटेको छ । लिम्बूवानी यूवा नेता सागर केरुङको संयोजकत्वमा अधिवेसन समिति बनेको हो ।
असार १९ गते लिम्बूवानको झापा दमकमा बसेको बैठकले संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान पार्टी नेपाल को राष्ट्रिय महाधिवेसनले संगठनको नाम तयगरेको बिज्ञप्तीमा जनाइएको छ ।
मंगलबार बनेको अधिवेसन समीतिले तिन महिनामा अधिवेशन सक्नू पर्ने तोकेको छ । अधिवेसन सम्पन्न गर्न सहसंयोजक चन्द्रराज आङदेम्बे, पृथ बहादूर योङया, सदस्य सचिव बृजाहाङ आङदम्बे, अर्थ सचिव जितेन चेम्जोङ, लगायत सम्पूर्ण कार्य समीतिसदस्यहरु अधिवेसन आयोजक रहने बिज्ञप्तीमा जनाइएको छ ।
अधिवेसनलाई सफल पार्न जिल्लास्थीत राजनैतिक दल, नागरीक समाज, पत्रकार, निर्माण व्यवसायी, ब्यापारी लगायतलाई अपिल समेत गरेको छ ।














प्रतिक्रिया