
नायिका झरना रिसाल अहिले फिल्ममा भन्दा मोडलिङमा अलि व्यस्त छिन् । आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी झरनालाई दिन प्रतिदिन म्युजिक भिडियोमा खेल्नका लागि अफर आउने गरेको छ । अझ उनी अहिले त तीज गीतहरूमा मोडलिङ गर्न व्यस्त छिन् । यसैसन्दर्भमा नायिका तथा मोडल झरना रिसालसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :
० आजकाल केमा व्यस्त हुनुहुन्छ ?
– म्युजिक भिडियोहरू गरिरहेकी छु । म्युजिक भिडियोका लागि धेरै अफर आइरहेका छन् । भरखरै शंकर विसीको म्युजिक भिडियो सकेकी छु ।
० तपाईका म्युजिक भिडियोहरू कस्ता प्रकारका छन् ?
– मेले सबै प्रकारका म्युजिक भिडियो खेलेकी छु । अहिले तीज गीतहरूमा अलि धेरै खेलेकी छु । तीज आउँदै गरेको हुनाले हुुनुपर्छ । तीज गीतमा मोडलिङ गर्न धेरै अफर आइरहेका छ ।
० तपाई नायिका भइसकेको व्यक्ति म्युजिक भिडियोमा सीमित हुँदा अप्ठेरो लाग्दैन ?
– काम सानो वा ठूलो हुँदैन । आफूभित्रको कला देखाउने हो । ठूलो फिल्म होस् वा म्युजिक भिडियो । सबैमा अभिनय गर्ने हो । हामीले त पारिश्रमिक लिएर काम गर्ने हो । काम दिने हो । अप्ठेरोको त कुरै हुँदैन ।
० कला क्षेत्र केटीहरूका लागि उचित छैन भन्छन् नि ?
– खै मलाई त थाहा छैन । काम गरेर खानेका लागि सबै क्षेत्र राम्रो छ । गफ गर्ने, ठगी गर्नेका लागि यो क्षेत्र नराम्रो हुन सक्छ ।
० त्यसो भए कला क्षेत्र राम्रो छ त ?
– हरेक कुरा व्यक्तिमा भर पर्छ । इमान्दारिता र लगन तथा मिहिनेत हुने हो भने सबै राम्रो हुन्छ नि ।
० तपाईको विचारमा कला क्षेत्र राम्रो छ त ?
– कलाक्षेत्रमा पनि बिकृती नभएका भने होइनन् । अपवादलाई छाडेर कला क्षेत्र राम्रो छ । म यही क्षेत्रमा क्रियाशील छु । त्यसैले कला क्षेत्र नराम्रो छ भनेर भन्न सक्दिन । केहीले यसलाई बद्नाम गर्न खोजेको पनि हुन सक्छन् ।
० तपाई फिल्ममा लाग्न कत्तिको संघर्ष गर्नु परेको छ ?
– संघर्ष त गर्नै पर्छ । म कलाक्षेत्रमा नलागेको भए पनि अरु काम गर्न पनि संघर्ष गर्नै पथ्र्यो । अहिले पनि म संघर्षमा छु ।
० कस्तो प्रकारको संघर्षमा हुनुहुन्छ ?
– कलाकारितामै संघर्षरत छु । पेशामा इमान्दार छु ।
० कलाक्षेत्रमा काम गराइ सकेपछि पैसा दिँदैनन् भन्छन् नि ?
– तपाईले भने जस्तो हुन सक्छ । मैले पनि सुनेकी छु । तर मैले पारिश्रमिक पाउने गरेकी छु । अहिलेसम्म थोरै भएपनि पारिश्रमिक पाएकी छु । त्यस्तो गुनासो गर्ने ठाउँ छैन ।
० अब कहिले बिहे गर्ने ?
– गर्ने नि भने जस्तो पाएपछि ? तर अहिलेसम्म भने जस्तो पाएकी छैन ।
० प्रेम प्रस्ताव त आउँछ होला नि ?
– किन नआउनु आउँछ । कलाकारितामा लागेपछि झन् प्रसंशकहरू धेरै हुन्छन् । आउने प्रेम प्रस्तावलाई शुभचिन्तकका रुपमा लिने गरेकी छु ।
० सेक्सको प्रस्ताव आउँ छ कि आउँदैन ?
– अहिलेसम्म यस्तो प्रस्ताव सुन्नु परेको छैन ।
० गीतसंगीत कत्तिको सुन्नु हुन्छ ?
– सुन्छु । एक्लै हुँदा अलि धेरै सुन्छु । विशेष गरेर आधुनिक गीतहरू मन पर्छ । लोकदोहोरी पनि मन पर्छ । मोडल भएकाले गीतसंगत मन नपर्ने त कुरै भएन नि ?
० युवायुवती कुलतमा लाग्ने गरेका छन् यस विषयमा तपाईलाई थाहा छ ?
– थाहा छ नि । कुलतमा लाग्नु हुँदैन । समाज तपाईहामी जस्तै युवाले बनाउने हो । नराम्रा कुरालाई सबैले तिरस्कार गर्नुपर्छ । राम्रा कुराको संगत गर्नुपर्छ ।















प्रतिक्रिया