अङ्कारा (टर्की), १३ साउन । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान को सत्ताले यही जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा फेतुल्लाह आतङ्ककारी सङ्गठन (फेटो) का आठ हजार ६५१ सैनिक अधिकारीले सहभागिता जनाएको छ ।
बुधबार एक कार्यक्रममा बोल्दै टर्कीका सैनिक जनरल स्टाफ प्रमुख उलुसी अकारले भन्नुभयो, टर्कीको सेनामा फेतुल्लाहवादी आठ हजार ६५१ सैनिक रहेका र उनीहरुले असफल कु को प्रयास गरेको दावी गर्नुभयो । तर यो सङ्ख्या टर्कीको सेनाको १.५ प्रतिशत भएको र १.५ प्रतिशतले बाँकी ९८.५ प्रतिशतलाई चलाउन खोज्नु असम्भव भएको उहाँले बताउनुभयो ।
यसैबीच स्तानबुलले टर्कीका अमेरिकामा स्वघोषित निर्वासनमा रहनु भएका धार्मिक नेता फेतुल्लाह गुयनसँग आवद्धता भएका भन्दै जामन पत्रिकासँग आवद्ध ४७ जना पत्रकारलाई पक्राउ आदेश दिइएको छ ।
उनीहरुमाथि जुलाई १५ को राज्य विद्रोह प्रयासमा सहयोगी भूमिका खेलेको आरोप लगाइएको छ । –एपी















प्रतिक्रिया