१९ कार्तिक २०८३, बिहिबार

बुटवलमा सरकारीस्तरको मेडिकल कलेज स्थापना कार्य प्रारम्भ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

collage-cartoon

बुटवल, १२ साउन । नेपाल सरकारले बुटवलमा सरकारीस्तरको मेडिकल कलेज स्थापनाका लागि कार्य प्रारम्भ गरेको छ ।

सरकारको एक प्रदेश एक सरकारी स्तरको मेडिकल कलेज स्थापना गर्ने अवधारण अनुरुप प्रदेश नं. ५ को बुटवलमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गर्ने प्रयोजनका लागि बिभिन्न कार्यादेश तोकी शिक्षा मन्त्रालयले बरिष्ठ चिकित्सक प्राध्यापक डा. सरोजप्रसाद ओझा संयोजक रहेको प्रारम्भिक कार्यसमित गठन गरेको छ । मन्त्रालयले यहि असार २७ गतेको मन्त्री स्तरको निर्णय बमोजिम २ महिनाको कार्यअवधि तोकेर कार्यसमिति गठन गरिएको जनाएको छ ।

सरकारले गत जेठ १९ गते आर्थिक बर्षको बजेट घोषणामा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बुटवलमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ हुने घोषणा गर्नुभएको थियो । सोहि अनुसार मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गर्ने प्रयोजनका लागि डा ओझा संयोजक रहने गरि सदस्यमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, शिक्षा शिक्षा अधिकारी, बुटवल उपमहानगरपालीका कार्यालय, बुटवल, लुम्विनी अंञ्चल अस्पतालका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठ, प्राबिधिक बिज्ञमा इन्जिनियर दुजेन्द्र बस्नेत, ब्यवस्थापन बिज्ञको रुपमा लुम्विनी बाणिज्य क्याम्पसका प्रमुख डा. इश्वर गौतम र कानुनी बिज्ञमा अधिवक्ता बिनोद गौतम रहनुभएको छ ।

उक्त कार्यसमितिले सरकारी मेडिकल कलेज स्थापनाका गर्न जग्गा तथा अन्य भौतिक पुर्वाधार पहिचान गरि भोगाधिकार प्राप्तीका लागि सरकार समक्ष सिफारिस गर्ने छ । यस्तै पुर्वाधार पहिचान तथा सम्भाब्यता समेतको अध्ययन गरि शिक्षा मन्त्रालयमा बिस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने र स्थानिय स्तरमा समन्वय गरि पुर्वाधार बिकासका लागि तयारि गर्ने गरि कार्यादेश तोकीएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले गठित कार्यसमितले आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाएपछि मेडिकल कलेज स्थापनाको थप प्रक्रिया अगाडी बढ्ने बताउनुभएको छ । उहाँले बुटवलमा मेडिकल कलेज स्थापनाको लागि चालु आर्थिक बर्षको बजेटमा प्राथमिकतामा राखिएकोले बजेट अभाव नहुने स्पष्ट पार्नुभयो ।