१९ कार्तिक २०८३, बिहिबार

‘नेमकिपा सरकारमा जाँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayan_man_bijukshe_speaking_918296897

भक्तपुर, १२ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब गठन हुने नयाँ सरकारमा पनि नेमकिपा सहभागी नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले नेमकिपा प्रतिपक्षमै बसेर सरकारको कामको समर्थन या विरोध गर्ने बताउनुभयो ।

ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीले समर्थन गरेको बताउँदै बिजुक्छेले भन्नुभयो, “नेमकिपाले अब बन्ने सरकारले गर्ने कामका आधारमा समर्थन गर्ने या नगर्ने निश्चित हुन्छ ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सकारात्मक काम गरे चर्चा गर्दै उहाँले अब बन्ने सरकारले पनि देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस