१९ कार्तिक २०८३, बिहिबार

काखिमै प्वाल पारेर गरियो ओपन हर्ट सर्जरी, प्रचण्ड गरे प्रशंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Green-city-hospital

काठमाडौं, १२ साउन । नेपालमै पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएकोमा पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक नमुनाको रुपमा लिनुभएको छ ।

अध्यक्ष प्रचण्डले बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा सो अप्रेशन गर्नुभएका बरिष्ठ कार्डियो सर्जन डाक्टर अनिल भट्राईलाई बुधबार अस्पतालमै आयोजित विशेष समारोहमा अभिनन्दन गर्दै काखिमुनिबाट सानो प्वाल पारेर गरिएको अप्रेशनले अब नेपालमै उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध भएको दावि गर्नुभयो । उहांले नेपालमा सहज र सर्वसुलभ रुपमा निजि अस्पतालले उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराएकोले उसले सरकारी उच्च भनिएको अस्ताललाई समेत चुनौति दिएको बताउनुभयो ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले नेपालमै मुटुरोग सम्बन्धि उच्चस्तरीय सेवा उपलब्ध भएको अवस्थामा अबका दिनमा सरकारले आर्थिक रुपमै बजेट छुट्याउनुपर्ने बताउनुभयो । उहांले ग्रिनसिटी अस्पतालले छोटो समयमा नै प्राविधिक रुपमै हासिल गरेको सफलताको खुलेर प्रशंसा गर्नुभयो ।

पुर्वमन्त्री एवं सांसद लालबाबु पण्डितले नेपालमा सबै खाले स्वास्थ्यसेवा उपलब्ध भएको र नेपालका निजि तथा सरकारी अस्पतालले हासिल गरेको उपलब्धिलाई टिकाउन नेतृत्व तहका व्यक्तिहरुले स्वदेशमै उपचार गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा सभासद बहादुर सिंह लामा, कमल धमला, बरिष्ठ पत्रकार टंक पन्तले नेपालमा कुनैपनि खाले उपचार स्वदेशर्म हुन्छ भनी विदेशमा नगएर जनतालाई सन्देश दिन नेताहरु समक्ष आग्रह गर्नुभएको थियो ।

सो कार्यक्रममा यसअघि मुटुको अप्रेशन भइसकेका कमल धमला र काखिमुनिबाट सानो प्वाल पारेर अप्रेशन भइसकेकी श्रीषा कार्कीलाइृ अस्पतालको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । डा भटराईको नेतृत्वमा धादिन जिल्ला ज्यामरुङ गाबिस १ लाभास्थान निबासी १६ बर्षीया श्रीषा कार्कीको काखीबाट भएको ओपन हर्ट सर्जरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ । उनको मुटुमा प्वाल परेको कारण केही समयदेखि श्वास प्रश्वासमै अफ्टयारो भएको थियो ।

नेपालमा छाती र बे्रसको तलबाट ओपन हर्ट सर्जरी हुने गरेको थियो । तर, यसपटक ग्रीनसिटी अस्पतालमा पहिलो पटक काखीमा सानो प्वाल पारी गरिएको ओपन हर्ट सर्जरी उदाहरणीय भएको छ । डा भटराईका साथमा डा रञ्जन सापकोटा, एनेश्थेसिया डा बिश्वास प्रधान र डा आशिष अमात्य सहितको टोलिले काम गरेको थियो । ।

काखीमुनीबाट मुटुको अप्रेशन सम्पन्न भएपछि बरिष्ठ कार्डियो सर्जन डा भट्राईले काखीमुनीबाट सानो प्वाल पारी युरोप, अमेरिकामा पनि भर्खरै मात्रै शुरु भएको अप्रेशन नेपालमा पहिलो पटक आफुुले सफलतापुर्बक सम्पन्न गरेकोमा अत्यन्तै खुशीको अनुभुति भएको बताउनुभएको छ । उहांले मुटुको अप्रेशनका लागि बर्षेनी नेपालीको ठुलो संख्या बिदेश जाने गरेको र अरबौ रुपिया बिदशिने गरेको कारण मुटुको शल्यक्रिया नेपालमै नयां प्रबिधिबाट बिदेशमा भन्दा सुलभ रुपमा हुने भएकोले मुटुको शल्यक्रिया नेपालमै गर्न गराउन बिशेष आग्रह पनि गर्नुभयो ।
नेपालमै पहिलो पटक काखीमुनीबाट ओपन हर्ट सर्जरी सफलतापुर्बक सम्पन्न भएकोले अस्पतालले सो अप्रेशनको लागि शुल्क नलिने निर्णय गरेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनुभयो ।