१९ कार्तिक २०८३, बिहिबार

‘गेट वेल सुन लोकमान’ भन्दै अख्तियार गेटमा प्रदर्शन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-1

काठमाडौँ, १२ साउन । ‘गेट वेल सुन लोकमान’ भन्दै विवेकशील नेपाली दलले आज ब्यानर र प्याम्प्लेट सहित टंगाल स्थित भाटभटेनी अगाडी भद्र प्रदर्शनी गरेको छ ।

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न गठन गरिएको संवैधानिक आयोग अख्तियार दुरपयोग अनुसन्धानका प्रमुख लोकमान सिंह कार्कीलाइ संसदको सुशासन समितिले बोलाउँदा, घाँटीमा इन्फेक्सन भएको कुरा जानकारी गराउँदै उपस्थिति नजनाएपछि व्यंग्यात्मक तरिकाले लोकमान सिंह कार्कीको सिघ्र स्वास्थ्य लाभको कामना गर्न प्रदर्शनी गरेका हुन् ।