बेइजिङ , १२ साउन । हालै अफगानिस्तानमा भएको भीषण आतङ्ककारी आक्रमणबाट ठूलो नरसंहारप्रति चिनियाँ प्रधानमन्त्री लि केक्याङ्गले समवेदना प्रकट गर्नु भएको छ ।
उहाँले अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहलाई पठाउनु भएको सन्देशमा काबुल आक्रमणबाट भएको ठूलो हताहतिबाट आफू मर्माहत भएको र यस घटनालाई चीनले कडा शब्दमा निन्दा गर्ने बताउनु भएको छ ।
सो घटनामा पर्ने मृतक व्यक्तिका परिवार र घाइतेहरु प्रति चिनियाँ सरकारको तर्फबाट प्रधानमन्त्री लिले गहिरो सहानूभूति प्रकट गर्नु भएको छ ।
जुनसुकै स्वरुपको आतङ्कबाद होस् चीन सदैब कडा रुपमा यसको बिरुद्ध उभिने उहाँले बताउनु भएको छ ।
छिमेकी राष्ट्र अफगानिस्तानको राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि तथा छिमेकी राष्ट्रबाट आतङ्कबाद उखेलेर फाल्ने कार्यमा जस्तोसुकै सहयोग गर्न चीन तत्पर रहेको पनि प्रधानमन्त्री लिले प्रतिबद्धता प्रकट गर्नु भएको छ ।
राजधानी काबुलमा गतः शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी घाइते भएका थिए । रासस/सिन्ह्वा
















प्रतिक्रिया