१ कार्तिक २०८३, आइतबार

जब ट्राफिक हवल्दारले रोकिदिए नरेन्द्र मोदी चढेको कार…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-modi

काठमाडौं, १२ साउन । भारतमा एउटा किस्सा निकै प्रचलित छ । एकपटक देशकै पहिलो महिला प्रहरी आईपीएस किरण बेदीले तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको दिल्लीमा गलत ठाउँमा पार्किङ गरिराखेको कारलाई क्रेनबाट उठाइदिएकी थिइन् । तबदेखि उनको नाम ‘क्रेन बेदी’ बन्न पुग्यो ।

यस्तै किस्सा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनी जोडिएको छ । यो केही समय पहिलेको कुरा हो जब मोदी भाजपा प्रभारी गर्थे । उनी त्यो भीआईपी नै थिए । तर, त्यो बेला भोपालमा एक ट्राफिक हवल्दारले मोदीको कार रोकिदिएका थिए ।

आफ्नो कार रोकिएपछि मोदीले मुस्कुराएर स्याबासीको संकेत दिँदै हौसला बढाएको भारतीय मिडियाको दाबी छ ।

मध्य प्रदेश विधानसभा चुनावको जगदलपुरमा आयोजित सभामा भाजपा प्रभारी नरेन्द्र मोदी पुगेका थिए । सभापछि उनी भोपाल फर्किदै थिए । हामिदिया अस्पताल पुगेपछि अचानक ट्राफिक हवल्दारले उनको कार रोक्यो । हवल्दारले मध्य प्रदेशका मुख्यमन्त्री सवारी भइरहेकाले मोदीको कार समेत रोकिदिएका थिए ।

मोदीका ड्राइभरले हवल्दारलाई ‘कारमा भाजपा प्रभारी नरेन्द्र मोदी छन्’ भन्दा पनी ट्राफिक हवल्दारले उनलाई जान दिएनन् । रोकेरै राखे । रोकेको पाँच मिनेटपछि सबै सर्वसाधारणसँगै उनले मोदीको कारलाई छोडे । ट्राफिकले कार छोडेपछि मोदी मुस्कुराएका मात्रै थिए ।