१९ कार्तिक २०८३, बिहिबार

गुल्मीमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गुल्मी, ११ साउन । अनिल खत्री साउन ११ सोमवार रातिबाट परेको अबिरल वर्षा सगै गएको पहिरोमा पुरिएर गुल्मीमा ७ जनाको मृत्यु भएको छ ।

जिल्लाको हस्तिचौर १ मल्दीमा भिम बहादुर दर्जीको घर पुरिदा एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

पहिरोले पुरिएर हस्तिचौर १ मल्दीका ४९ वर्षिय तुलसी दर्जी बुहारी १९ वर्षिय अस्मिता दर्जी र ६२ वर्षिय कालिका दर्जी रहेका छन् ।

पहिरोले सोहि ठाउकै ५० वर्षिय बिष्णू सारू घाईते भएका छन् । पहिरोले पुरिएर गुल्मीकै बिश्वखर्कमा दुई जनाको मृत्यु भएको छ । बिश्वखर्क ९ का गोपाल रानाको घर पुरदा उनका छोरा ८ वर्षका सुजना राना र ६ वर्षका सिमना रानाको मृत्यु भएको नेपालले जानकारी दिनुभयो ।

पहीरोले पुरदा हवाङदी ३ मा २जनाको ज्यान गएको छ । हवाङदी ३ का ५५ वर्षका बीष्णु घिमिरे र १३ वर्षकी आशा घर्ती रहेका छन् ।

यस्तै गुल्मीको हस्तिचोर गुर्वामा एक शब फेला परेको छ । अन्दाजी ५५ वर्षको पुरुषको शब फेला परेको प्रहरिले जनाएको छ । अबिरल वर्षाले गुल्मीको चोरकाटे र जुनियाँमा दुईवटा पक्की घर बगाएको छ ।

वर्षाले चोरकाटे, उल्लीखोला, रिडी, भुवाचीदी, छल्दीपनाहा लगायता खोला किनारका दर्जनौ घर उच्च जोखीममा रहेको प्रहरीले जनाएको छ ।