१९ कार्तिक २०८३, बिहिबार

कैलालीको खेदा क्षेत्रमा मोहनाको तिब्र कटानी, तट्बन्धको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nadi_katan

– हेमन्त पौडेल

कैलाली, ११ साउन । साविकको फूलवारी गाविसको खेदा क्षेत्रमा मोहना नदी कटानीले तिब्ररुप लिएको छ ।

एक सातामै करिब १५ मिटर जमिन कटान गरेको छ । केही दिन अघि मोहना नदीमा बाढी आएको थियो । बाढी घट्नेक्रमसंगै नदीको कटानी तिब्र भएकाले खेतमा लगाएको धन र मकै कटानी गरेको छ । फूलवारी क्षेत्रको सवैभन्दा बढी कटानी क्षेत्रकोरुपमा रहेको खेदालाई बचाउनकालागि स्थानीय बासिन्दाहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराई रहेकाछन् ।

गत सातामात्र कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खेदा क्षेत्रको कटानीको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । हरेक वर्ष विगौविगाहका हिसावले जमिन बालुवामा परिणत भएकोले तत्काल जमिन कटानी रोक्नकालागि तटबन्धको ब्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी रिजाललाई स्थानीय बासिन्दाले माग गरेका थिए । प्रमुुख जिल्ला अधिकारी रिजालले हाल सो क्षेत्रको नदी कटान नियन्त्रणकालागि लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराईसक्नुभएको छ । जनताको तटबन्ध,भू–संरक्षण कार्यालय लगायतका निकायलाई खेदा क्षेत्रका जनताले भोगेको समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीले जानकारी गराई केही कामको शुरुवात गर्न निर्देशन दिनुभएको छ । तर सो क्षेत्रको कटान रोक्नकालागि भएको ढिलाईले खेतीयोग्य जमिन बगमार परिणत बन्दै गएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

तिब्ररुपमा गरेको कटानी तत्काल रोक्नकालागि जैविक तटबन्ध गर्नुपर्ने माग स्थानीय बासिन्दा रत्ना चौधरीले बताउनुभयो । गत केही वर्ष अघि गरेको सामान्य जैविक तटबन्धले केही कटानी रोकेको प्रसंग उल्लेख गर्दै चौधरीले यस वर्ष तत्काल नदी कटान रोक्नकालागि पनि जैविक बाँधको ब्यवस्था गरिदिन सरोकार वाला निकायसंग माग गर्नुभएको छ । तत्काल बाँसको जैविक बाँधकालागि सहयोग गरेमा खेती योग्य जमिन बच्ने स्थानीय भलभन्सा बमबहादुुर चौधरीले बताउनुभयो । केही सामग्री पाएमा श्रमदान गरेर भएपनि बाँध बाध्ने थियौं चैधरीले भन्नुभयो । धान र मकै लगाएको खेती दैनिक आँखा अगडी बगाएको देख्दा रुने मन लाग्ने स्थानीय बासिन्दा अशोका चौधरीले बताउनुभयो । पाँच कठ्ठामा लगाएको मकै नदीले कटान गरेर थोरै ठाउँमात्र राखेको बताउँदै चौधरीले सवै जग्गामा नदी बगेको देख्दा निकै पीडा हुने गरेको गुनासो सुनाउनुभयो । मोहना नदी किनारतिर आएपछि रुनमात्र मनलाग्छ त्यसैले आउनै मन लाग्दैन उहाँले भन्नुभयो ।

हेर्दा हेर्दै आफ्नो खेतीयोग्य जमिन बालुवामा परिणत भएपछि सो क्षेत्रका करिब १५० घर परिवार निकै समस्यामा परेकाछन् ।करिब १५ वर्ष पहिला निकै दक्षिणबाट बगेको मोहना नदी कटान गर्दै उत्तरतिर सर्दै आफ्नो जग्गा बालुवा बनाएपछि आफूहरु विचल्लीमा परेको सोमकुमारी चौधरीले बताउनुभयो । २०५५ सालदेखि मोहनाले कटानी थालेकोमा हालसम्म करिब ७५ विगाह खेतीयोग्य जमिन बालुवामा परिणत गरेको अर्का स्थानीय बासिन्दा रामदास चौधरी बताउनुहुन्छ । नदीले कटान गरेको क्षेत्रमा अहिले मोहना नदी बगेको छ । दक्षिणतिरको केही भाग उच्चो रहेकोतिर धान र ममफली लगाएपनि पूरै बालुवा भएकाले उत्पादनमा समस्या भएको कोरबहादुर चौधरीले बताउनुभयो । आत्मसन्तुष्टिकालागि धान रोपेपनि उब्जनी भने नहुने उहाँको भनाई छ ।

मोहना नदीको कटानबाट निकै पीडित बनेका स्थानीय बासिन्दाहरु सोमबार विहान खेदाक्षेत्रमा पत्रकारहरु पुगेको खबर पाएपछि स्थानीय बासिन्दाहरु आफ्नो दुःखका कुरा सुनाउन तछाडमछाड गरेका थिए । मेरोपनि नाम लेखदिनुपर्यो भन्दै पत्रकारहरुसंग आग्रह गर्दैथिए । करिब डेढ दशकदेखि आफूहरुले निकै समस्या भोगेको अनुभव सुनाउँदै खेदाको मोहना नदी किनारमा उपस्थित भएका स्थानीय बासिन्दाहरु सुनाउँदै थिए – हामीजस्तो पहुँच नभएका मानिसहरुको कुरा सुन्ने कोही होलान र ! हामीसंग भएको सानो जमिनको टुक्रापनि मोहनाले देनिक बगाउँदैछ तर रोकिदिने कोही आएनन् उनीहरुको गुनासो छ । जनप्रतिनिधीहरु पनि चुनाव जितेपछि कोही पनि आएनन् हाम्रालागि जनप्रतिनिधि हुनु र नहुनुको कुनै अर्थ छैन निकै निराश हूँदै स्थानीय बासिन्दाहरुले मोहना किनारमा जम्मा भएर भने ।

खेदा क्षेत्रका कटानलाई रोक्नकालागि स्थानीय बासिन्दाहरुको शक्रियता आजभोली बढ्न थालेको छ । स्थानीय बासिन्दाहरुले मोहना नदी कटान रोक्नकालागि खेदा क्षेत्र बचाउ गर्ने अभियान सञ्चालनकालागि एक समिति बनाएर सरोकरवालाको ध्यानाकर्षण गर्ने तयारीमा स्थानीय बासिन्दाहरु लागेकाछ । मंगलवार एक भेलाको आयोजना गरेर भेलाबाट एक समिति बनाई प्रमुख जिल्लाअधिकारीको ध्यानाकर्षण गराउने तयारीमा स्थानीय बासिन्दाहरु रहेका छन् । खेदाको कटान क्षेत्रमा वृक्षारोपणको कार्यक्रम अघि बढाउन पनि स्थानीय बासिन्दाले माग गरेका छन् ।