१९ कार्तिक २०८३, बिहिबार

बल्ल खोलिदियो भारतले बांध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian dyamm

– नरेश केसी

भैरहवा, ११ साउन । डुबान ग्रस्त भएको भैरहवा क्षेत्र आज सामन्य हुदैं गएको छ ।

भारतीय पक्षले सीमावर्ति डण्डा फरेना तटबन्धका ३ वटै ढोका खोलीदिएपछि भैरहवाको डुवान सामन्य भएको हो । केही वर्ष अगाडी भारतीय पक्षले निर्माण गरेको तटबन्धको बारेमा मंगलबार यस सन्चार माध्ययममा समाचार प्रकाशित भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले ती ढोका खोलीदिएको हो । बांध नेपाल भारत दसगजा क्षेत्रमा निर्माण गरिएको छ । बांध खोलिदिन भैरहवा क्षेत्रका प्रबृद्ध वर्ग र नागरिक समाजले भारतीय पक्षलाई केही दिनदेखी आग्रह गर्दै आएका थिए ।

यता लगातारको वर्षाको कारण तीनाउ नदिमा आएको बाढीले रुपन्देहीको दक्षिणी क्षेत्र प्रभावित भएको छ ।

नदिको उच्च बहावको कारण जिल्लाको भैरहवा लुम्बिनी सडक मंगलबार विहान अबेर सम्म अवरुद्ध बन्न पुग्यो । बेथरी र बनगाईबीचको तिनाउ पुलमाथी पानीको वहाव आएपछि प्रहरीले सो क्षेत्रमा केही समय आगवमनलाई रोक लगाएको थियो । तीनाऊको बहाव बढेर आउदां बेथरी, मधुवन, गोनहा, बनगाई, गुरबनिया, सेमरी, गरगट्टी, सुन्नी लगायतको क्षेत्र ताल जस्तै भएका थिए । सो क्षेत्रमा जिल्ला प्रहरी कार्यलय रुपन्देही र इलका प्रहरी कार्यलय बेथरीबाट खटिएको उद्धार टोलीले सर्वसाधरणलाई डुबान क्षेत्रबाट उद्धार गरिरहेका थिए

तीनाउको उच्च बहाव एक्कासी बढेर आउदा बनगाई देखी मर्चवार जाने बाटो समेत बन्द भएको छ । उक्त क्षेत्रमा निकास नभएपछि प्रहरीले स्काभेटर लगाएर पीच बाटो नै खनेर निकास दिलाएको थियो ।

सो क्षेत्रमा अहिले दिउसो पानी पर्न रोकीएपछि अवस्था सामन्य भएको इलका प्रहरी कार्यलय बेथरीका इन्चार्ज सई युवराज पाण्डेले जनाए । पाण्डेका अनुसार सो क्षेत्रमा ४० घर डुबानमा परेका छन तर मानवीय क्षति भएको छैन । प्रहरीले बालबालिका र बृद्धाहरुलाई टयुब मार्फत उद्धार गरेको थियो ।

भैरहवा क्षेत्रमा दिउसो दखी पानी पर्न रोकीएको छ ।