– सुदीप अधिकारी
बर्दिया ११ साउन । बबई नदीमा आएको बाढीका कारण बर्दियामा झण्डै २ सय घर डुबानमा परेका छन् ।
बाढीले बबई नगरपालिका वडा नम्बर ९ खैलार र वडा नम्बर ८ बनकट्टी गाउँका झण्डै २ सय घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाढीले बबई नगरपालिका ९ स्थित खैलार गाउँमा रहेको श्री प्राथमिक विद्यालय पनि डुवानमा परेको छ ।
बबई नदिको किनारमा मानपुर गाउँ र बनकट्टि गाउँ नजिक निर्माणाधीन नहर फुटेका कारण बबई नदी स्थानिय ढोढरी नहरमा मिसीएकाले बाढी बस्तीमा पसेको प्रहरीले जनाएको छ । गाउँमा बाढि पसे लगत्तै बगनाहा र भुरीगाउँमा रहेका प्रहरी उद्दारका लागि खटिएका थिए । डुवान परेतापनि मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
विहान बस्तीमा बाढी पसे गलत्तै खैलार गाउँका २० घरका ६५ जनालाई प्रहरीले उद्दार गरि सुरक्षित स्थानमा लगेको थियो । बबई नदीको बाढी गाउँमा पसेपछि गाउँ जलमग्न छन् । बबई नदिमा नहर बनाउने क्रममा पानी निकासका लागि कालिका रसुवा कम्पनिले खुल्ला छाडेको ठाँउबाट गाउँमा बाढी पसेको र बबई नदिको बिचमा रहेको बनले गर्दा गाउँ तर्फ बाढि पसेको स्थानिय खुम लम्सालले बताए ।

बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहराका अनुसार नदिको बिचमा बन रहेकाले नदिको भंगालोबाट नहरमा पानिको मात्रा बढि आएकोले बाढी बस्ती पसेको बताए । बाढी लगत्रै प्रहरी प्रमुख बोहरा सहितको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको थियो ।
दिउँसोबाट बबई नदिमा पानीको सतह विस्तारै घट्दै गएको बताइएको छ । पानी पर्न थाले पछि जिल्ला प्रशासन कार्यालय बर्दियाले स्थानियबासीलाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।
यसैगरी लगातारको झरीले स्थानिय खोलामा बाढि आउँदा बबई नगरपालिकाको भुरीगाउँ बजार, डुम्रेनी गाउँ, रानीपुर गाउँ र कञ्चनपुर गाउँका झण्डै २५ घर पनि डुवानमा परेका छन् ।
मध्ये तथा सुदुरपश्चिम क्षेत्रका पहाडी र तराईका जिल्लामा सोमबार रातीदेखि भारी वर्षा भएपछी बाँकेको राप्ती नदी, बर्दियाको बबई नदी र कर्णाली नदीमा बाढी आउने भन्दै सर्तकर्ता अपनाउन भनिएको थियो । बबई नदीमा पानीको सतह बढेपछी खैलार गाउँमा भागदौड मच्चीएको थियो ।
२०७१ सालमा बाँके र बर्दिया सहित मध्यपश्चिमका केही क्षेत्रमा ठुलो बाढी आएका कारण राप्ती नदी, बबई नदी र कर्णाली नदी आसपासका स्थानियवासी विहानभर त्रासमा थिए ।













प्रतिक्रिया