१ कार्तिक २०८३, आइतबार

आउँदै बिजुली मेसिन, राजेश हमाल विशेष भुमिकामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijuli-mechine

काठमाडौं । प्रेम, एक्सन, कमेडी र सस्पेन्स कथामा फिल्म निर्माणको क्रम चलिरहेका बेला केही युवा निर्माताहरुले नेपालमै पहिलोपटक विज्ञान र प्रविधिको कथामा फिल्म ‘बिजुली मेसिन’ निर्माण गरेका छन् । सिलौटी इन्टरटेनमेन्टको व्यानरमा नविल अवालले निर्देशन गरेको फिल्मले आस्विकारका निम्ति प्रयासरत विद्यार्थीको कथालाई प्रस्तुत गर्नेछ ।

‘फिल्मले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,‘ यी दुवै विद्यार्थी समाजमा वैकल्पिक उर्जा श्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’

निर्देशक अवालले फिल्म विज्ञानले ल्याउने परिवर्तनमा मात्र नभएर वर्तमान समस्या समाधान र भोलीको सुन्दर समाज निर्माणको लागि चाहिने देशका आशावादी र प्रयासरत युवाहरुको उर्जामा केन्द्रित रहेको बताए ।

रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । फिल्ममा महानायक राजेश हमाल विशेष भूमिकामा देखिनेछन् । नविनकै लेखनमा तयार भएको फिल्म आगामी भदौ ३१ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

निर्देशक नविन फिल्म भन्दा पनि विज्ञापन निर्माण क्षेत्रमा परिचित नाम हुन् । विज्ञापनको क्षेत्रमा १० वर्षको अनुभव संगालेका उनले निर्देशन गरेको रेडबुल, म्याक कफी, सि जी आदिको विज्ञापन चर्चित विज्ञापनमा पर्दछन् ।

अमेरिकामा केही समय अघि आयोजित ‘डाँफे चलचित्र महोत्सव’मा उनले निर्देशन गरेको सर्ट फिल्म ‘वान पर्सेन्ट’ दोस्रो भएको थियो । यो फिल्म युट्युबमा ६ लाख पटक हेरिसकिएको छ ।