– विकाश पराजुली
बुटवल, ११ साउन । बुटवलको तिनाउ नदीमा आएको भीषण बाढी आएसँगै त्यस किनारका सुखम्बासी बस्ती जोखिममा परेका छन् ।
रातभरको भारी वर्षापछि बुटवलको तिनाउ नदीमा पानीको सतह अत्याधिक बढेको थियो । बाढिको सतह बढेपनि अहिले सम्म तिनाउ बाढिले कुनै मानविय क्षति भने गरेको छैन् बाढिले छेउछाउको बस्ती भने कटान गरेको छ । बुटवल १३ बुद्धनगरको बस्तीमा बाढी पसेपछि स्थानीयहरु सुरक्षित स्थानमा गएका छन् ।
नदी किनारको बस्ती मजुवा सबैभन्दा जोखिममा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो । प्रहरीले अहिले जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
रातीसम्म नदीको बहाव तीब भएपनि अहिले बहाव घट्दै गएको खड्काले बताउनुभयो । तिनाउ नदिको सतह बढेपछि पाल्पाको दोभानबाट साईरन बजाइएको छ भने रुपन्देहीमा रहेका ३ वटा साइरन पनि बजाइएको छ । बुटवल १३ को हात्तिसुढमा तिनाउले छेउको बांकी भाग कटान गरेर बस्तीसम्म क्षति पुर्याएको प्रहरीले जनाएको छ । यसैबीच, बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउको बाढीले बगाएको छ । तिनाउको यो पुल बगाएपछि बुद्धनगर देविनगरको सम्बन्ध विच्छेद भएको छ ।
तिनाउ वरपरको सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढी बस्तीमा पसेसँग मानिसहरू समस्यामा परेका छन् । बाढिबाट हुन सक्ने सम्भावित घटनलाई मध्यनगर गर्दै देविनगर क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यसैगरी तिनाउ बाढिले बुटवलको प्रगतिनगरमा ६ वटा घर बाढिले बगाएको छ ।
बुटवल उपमहानगरपालिकाको तथ्यांक अनुसार ५ हजार ३ सय ४८ घर परिवार नदीको वहाव क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
पुल बगाएपछि विद्यार्थीदेखि मजदुरसम्म समस्यामा
मंगलबार विहान तिनाउ नदिमा आएको बाढिले देविनगर प्रगतिनगर जोड्ने पुल बगाएपछि त्यस क्षेत्रका बासिन्दा र देविनगरको सम्बन्ध विच्छेद भएको छ ।
प्रगतिनगर देविनगर जोड्ने झोलुङे पुलको पश्चिम तर्फको डयाम बाढिले बगाएपछि सोही पुलको प्रयोग गर्दै आउने विद्यार्थी एवं प्रगतिनगर बाट आउने स्थानियहरु मकार्मा परेका छन् ।
प्रगतिनगरी अमृता के.सीले बाढिले पुल बगाएपछि अब मैनाबगर या नयाँगाउ बाट मात्र बुटवल जानुपर्ने भएकाले बाढिको जोखिम सँगै समय पनि बढि लाग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अझ बढि मर्का पर्ने बताउनुभयो ।
बाढिले पुल बगाउदा नविन औद्योगिक कदर बहादुर रिता उच्च माध्यमिक विद्यालय, तिनाउ बोडिङ, कालिका उच्च मावि लगाएतका विद्यालयमा अध्ययान गर्ने विद्यार्थीहरु अब मैनावगरको काठको पुल हुँदै आउनुपर्नेछ । प्रगतिनगरका स्थानिय गोकुल गिरीले स साना विद्यार्थीहरुलाई काठको पुलबाट जोखिम मोल्दै अब विद्यालय पठाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका १३ बुद्धनगरमा २०६३ सालमा झण्डै डेढ करोड रुपैयाँ लगानीमा झोलुङ्गे पुल निर्माण भएको थियो । मंगलबार बाढीले बगाएको छ । पुल र बस्ती संरक्षणका लागि बनाइएको तटबन्ध बगेपछि पुल बगेको हो । बस्ती उच्च जोखिममा छ ।
















प्रतिक्रिया