१ कार्तिक २०८३, आइतबार

स्पेनको सुन्दर शहर विल्बाओमा देखिएको कलियुगको इन्टरनेट (भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tulsi

काठमाडौं । तुलसी सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन ।

फेसबुक ट्वीटर जस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ बोलमा रहेको गित सार्वजनिक भएको केही समयमा नै अधिकांश दर्शक श्रोताको मन जित्न सफल भएको छ । साथै गीतको म्सुजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास गरिएको छ ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका दर्शक श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि ’नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु पनि निकै लोकप्रिय छन् ।

युरोपका विभिन्न मुलुकहरुमा सांगितिक प्रस्तुति दिइसकेका गायक शिवाकोटीले ‘गर्नुगर्यो कलियुगको इन्टरनेटले’ बोलको यस गीतमा युवाहरुको भावनालाई मिठो शैलीमा प्रस्तुत गरेका छन् ।

रोजीला बुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक सिवाकोटीको सांगितिक एल्वम ‘मुहार’ मा समावेश गरिएको गीत हो ।

स्पेनको विल्बाओ शहरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोशन लम्साल, रोशनी चालिसे र सागर ले अभिनय गरेका छन । मालति पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गर्नुभएको यो म्युजिक भिडियो उमराओ क्रियÞशनको व्यानरमा निर्माण भएको हो ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=364GR9QV8IY