११ कार्तिक २०८३, बुधबार

सरकार गठनमा संवैधानिक अड्चन कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsad-bhawan-biccकाठमाडौं, ११ साउन । नयाँ सरकार गठनमा देखिएको संवैधानक अड्चन तत्कालका लागि टरेपनि संक्रमणकालमा पटक–पटक सरकार परिवर्तन भने संवैधानिक जटिलता यथावत नै रहने देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएको भोलिपल्ट सोमबार नयाँ सरकार गठनमा देखिएको संवैधानिक बाधा फुकाएर नयाँ सरकार गठनको आह्वानसमेत गरिसकेकी छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

तर, राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेर नयाँ सरकार गठनका लागि फुकाएको गाँठो त्यसपछि बन्ने सरकारको हकमा भने लागू हुनेछैन ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार संक्रमणकालीन अवधिमा नयाँ सरकार गठनमा रहेको संवैधानिक बाधा फुकाउने आदेश जारी गरी सरकार गठनको मार्गप्रशस्त गरेकी छिन् ।

ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर बन्ने नयाँ सरकार गठनमा सरकार गठनसम्बन्धी संविधानको धारा २९८ मा प्रस्ट व्यवस्था नभएको भन्दै राष्ट्रपतिले सो धारामा बाधा अड्काउ फुकाउने अधिकारी प्रयोग गरी बाधा फुकाएकी हुन् ।

राष्ट्रपतिले संविधानको धारा ३०५ ले दिएको अधिकारी प्रयोग गरी नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरे पनि ओली विस्थापित हुने गरी बन्ने सरकारको हकमा मात्र यो बाधा फुकाउ आदेश सक्रिय हुने संविधानविद्हरुको तर्क छ ।’