१ कार्तिक २०८३, आइतबार

गायक तुलसी सिवाकोटीको म्युजिक भिडियो बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tulsi-siwakotiकाठमाडौं । स्पेनको बार्सिलोनामा बस्दै आएका गायक तुलसी सिवाकोटीले नयाँ म्युजिक भिडियो ल्याएका छन् ।

सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर उनले बजारमा नयाँ म्युजिक भिडियो ल्याएका हुन् । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु भिडियोमा समावेश गरिएको छ ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन ।

सिवाकोटीको यसअघिनेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=364GR9QV8IY