वालिङ, १० साउन । डिभिजन सहकारी कार्यालयले निष्क्रिय रहेका नौवटा सहकारीको दर्ता खारेज गरेको छ ।
कार्यालयले निष्क्रिय रहेका सहकारी खारेजीको ३५ दिने सूचना प्रकाशित गरेपनि उक्त समयभित्र प्रतिवेदन बुझाउन नसकेका कारण नौवटा सहकारीको दर्ता खारेज गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख फर्सुराम भट्टराईले जानकारी दिनुभयो ।
खारेज गरिएका सहकारीमा कृषि तथा तरकारी सहकारी चार, दुग्ध उत्पादक सहकारी तीन र उपभोक्ता सहकारी दुईवटा रहेका छन् । सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजीमा परेका बताइएको छ । रासस
















प्रतिक्रिया