१ कार्तिक २०८३, आइतबार

धुर्मुस् भन्छन्- केपी ओली विकासमुखी प्रधानमन्त्री, बाचा पूरा गरे

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmus

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विकासमुखी प्रधानमन्त्री भनेका छन् ।

ओलीले पदबाट राजीनामा दिएपछि सोमबार फेसबुकमार्फत धुर्मुसले विकासमुखी प्रधानमन्त्री ओलीले बोलेको कुरा गरेको उदाहरण समेत पेस गरेका छन् ।

उनले अब बन्ने सरकार र सरकारलाई नेतृत्व गर्ने प्रधानमन्त्री पनि विकासमुखी नै पाइयोस् भन्दै जनताले केबल विकास चाहेको उल्लेख गरेका छन् ।

यस्तो छ धुर्मुसको स्टाटस्:

dharmus

प्रधानमन्त्री केपी ओलीले जनतालाई थुप्रै सपना देखाए । विकासका सम्भावनाहरु कोट्याए । हामीले पनि एकिकृत बस्ती विकास गर्ने सपना देख्यौँ । जुन हाम्रो जस्तो मुलुकका लागि अत्यन्तै आवश्यक छ । त्यसैले, भूकम्प लगत्तै काभ्रेमा एकिकृत नमुना बस्ती बनायौँ । गिरान्चौरमा त्यो भन्दा अझै वृहत बस्ती बनाउँदैछौँ । प्रधानमन्त्रीले बोलेका कुरा कति पुरा भए, भएनन् त्यो आफ्नै ठाउँमा छ । तर, प्रस्तोता आदरणीय दाजु रबि लामीछाने र सञ्चारकर्मी काका प्रेम बानीँयाको पहलमा कार्यक्रम प्रधानमन्त्रीसँग सिधा कुरामार्फत प्रधानमन्त्रीले हाम्रो परियोजनाका लागि निर्माण सामग्री बोक्न गाडि (महेन्द्राको टु ह्वीलर बोलेरो) सहायता गर्छु भनेर गरेको वाचा एक साता अघि पुरा भएको थियो । विगत ८ वर्षदेखि उहाँकै नक्कल गरियो । यस अन्तरालमा उहाँले विकासबारे बोलेका विषयलाई व्यंग्य गरियो । दर्शक हँसाइयो । तर, उहाँले बोलेका केहि विषय रमाइला, रसीला मात्र होइनन् उत्तिकै राम्रा र व्यवहारमा लागु गर्नु पर्ने खालका पनि थिए । एक नागरिक भएको हैसियतले भन्नु पर्दा उहाँ विकासलाई दुरदर्शी रुपमा हेर्ने व्यक्तित्व हुनुहुन्थ्यो जस्तो लाग्छ । अब बन्ने सरकार र सरकारलाई नेतृत्व गर्ने प्रधानमन्त्री पनि विकासमुखी नै पाइयोस् । अहिलेको अवस्थामा जनताले केबल विकास चाहेका छन् । भूकम्प पिडितले झरीमा टाउको लुकाउने आवास खोजेका छन् । हामी पनि भूकम्प पश्चात निरन्तर विकास र पिडितको आवास बनाउन खटिरहेका छौँ । यस्तै सामाजीक काममा हाम्रा पाइला अघि बढीरहने छन् ।

***देश निर्माण तपाई हाम्रो अभियान***