१ कार्तिक २०८३, शनिबार

विश्व फुटबल स्टार रोनाल्डोको नाममा खुल्यो विमानस्थल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cristiano-Ronaldo-Airport-main

काठमाडौं, १० साउन । विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नामबाट पोर्चुगलमा एक विमानस्थलको नाम राखिएको छ ।

पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएका कप्तान रोनाल्डोलाई सम्मानस्वरुप गृहनगर मडेइरा टापुमा रहेको मुख्य विमानस्थलको नाम ‘मडेइरा क्रिस्टियानो रोनाल्डो एयरपोर्ट’ भनेर नामाकरण गरिने घोषणा गरिएको हो ।

त्यहाँ यसअघि नै रोनाल्डोको मुर्ती, उनको नामको संग्राहलय र होटल रहेको छ । मडेइराका गर्भनर मिगुएल अल्बुक्अरक्युले उक्त निर्णय गरिएको जानकारी दिएका छन् । (एजेन्सीको सहयोगमा)