१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले राजीनामा दिँदा दीपकराज गिरी भावुक, लेखे मार्मिक स्टाटस

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepakraj0giriकाठमाडौं । कलाकार दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सधै सम्झनामा रहने बताएका छन् ।

ओलीको राजीनामा पछि फेसबुकमार्फत भावुक हुँदै मार्मिक स्टाटस लेखेका दीपकले इतिहासका ४ वटा प्रधानमन्त्रीको नाम पनि याद नभएको, तर पछिल्लो नाम सधैँ याद रहने भन्दै ओलीको प्रशंसा गरेका छन् ।

उनले लेखेका छन्– ‘इतिहासका ४ वटा प्रधानमन्त्रीको नाम पनि याद छैन । तर, यो पछिल्लो नाम सधै याद रहनेछ ।’

आफू एमाले नभएको र ओलीको सम्मोहन कलाले प्रभावित बनाएको भन्दै उनले मनमोहनको ९ महिना र ओलीको ९ महिनाको सरकार उदाहरणीय रहेको उल्लेख गरेका छन् ।

प्रचण्डलाई सुझाव दिँदै उनले कुरा भन्दा पनी कामले जनताको मनलाई जित्न भनेका छन् । उनले भनेका छन्- ‘आउने वाला पनि प्रभावशाली छन् । तर कामले होस् ।’

यस्तो छ दीपकराज गिरीको स्टाटसः

मेरो सामान्य ज्ञान कमजोर छ
इतिहासका ४ वटा प्रधानमन्त्री को नाम पनि याद
छैन…. तर ….तर यो पछिल्लो नाम सधै याद रहनेछ
तर्क गर्नेहरूले भन्लान् ठूला गफ गरेर मात्र गए
म भन्छू सम्मोहन कला पनि ठूलो कला हो
एउटा मनमोहन … ९ महिना
अर्का सम्मोहन … ९ महीना…… यति भनिरहदा एमाले भन्ने
आरोप लाग्या .. तर अहिले सम्म यो दल संग एउटा भोटको सम्बन्ध पनि नरहेको अबगत गराउछू……..!!!
आउने वाला पनि प्रभावशाली छन्…. तर कामले होस वा
कुराले मात्रै भएपनि जनतालाइ सम्मोहित भने तुल्याउनु होला
राजनीतिले दिक्दार भएका जनतालाइ सम्मोहित तुल्याउनु पनि उनिहरूलाइ मनोरोगी हुन बाट जोगाउनु हो
………………. जय नेपाल ………….!!!