१ कार्तिक २०८३, आइतबार

स्वीडेनी पूर्व प्रधानमन्त्री फाल्दिनको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweedenस्टकहोम (स्वीडेन), १० साउन । दोस्रो विश्वयुद्धपछि स्वीडेनको इतिहासमा गैर–समाजवादी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री हुनु भएका थ्रोवजन फाल्दिनको शनिबार निधन भएको छ । उहाँ ९० वर्षको हुनुहुन्थ्यो ।

सेन्ट्रल पार्टीको पूर्व नेता फाल्दिनको स्वीडेनको उत्तरपूर्वमा अवस्थित आफ्नै भेडा फार्म परिसरमा मृत्यु भएको उक्त दलका नेता एन्नी लुफले बताउनुभएको छ ।

लुफका अनुसार फाल्दिन बिसौँ शताब्दीका उच्च प्रतिष्ठित स्वीडेनी नेता मध्येका एक हुनुहुन्थ्यो ।

लुफले सेन्ट्रल पार्टीको वेबसाइटमा लेख्नु भएको छ, “फाल्दिन प्रखर राजनीतिज्ञ, निडर (आत्मविश्वासी) प्रतिबद्ध एवम् अरूको ख्याल गर्ने राजनेता हुनुहुन्थ्यो । उहाँ हामी सबैका लागि साँच्चै एक नमुना राजनीतिक प्रतिमूर्ति हुनुहुन्थ्यो ।”

सन् १९२६ को अप्रिल २४ मा सामान्य ग्रामीण परिवारमा जन्मनु भएका फाल्दिनले सन् १९७९ देखि १९८२ सम्म प्रधानमन्त्रीका रुपमा स्वीडेनको सरकारको नेतृत्व गर्नुभएको थियो ।

फाल्दिनका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । – एएफपी