११ कार्तिक २०८३, बुधबार

प्रहरी मुख्यालयमा आवश्यक्ताभन्दा बढी प्रहरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Headquarterकाठमाडौं, १० साउन । देशभरिका प्रहरी कार्यालयमा जनशक्ति अपुग छ । तर प्रहरी प्रधान कार्यालयमा भने आवश्यकताभन्दा एक सय ९१ जना प्रहरी बढी छन् ।

मुख्यालयले हेडक्वार्टरमा रहेका अनावश्यक प्रहरीलाई बढी काम भएका कार्यलयमा खटाउन सकेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरीले नै आन्तरिक रुपमा गरेको अध्ययनमा मुख्यालयमा १८ डिएसपीसहित एक सय ९१ जना प्रहरी आवश्यकता भन्दा बढी रहेको देखाएको छ ।

नीति तथा योजना निर्देशनालयले गत माघ महिनामा त्यससम्बन्धी प्रतिवेदन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बुझाएको थियो ।

प्रतिवेदनमा उनीहरुलाई कामको अत्याधिक बोझ भएका जिल्लामा खटाउन सिफारिस गरिएको थियो ।

तर, ६ महिना बित्दा पनि मुख्यालयले अनावश्यक प्रहरीलाई आवश्यक कार्यालयमा खटाउन सकेको छैन ।