२ कार्तिक २०८३, सोमबार

सानिमा मनि म्याक्सिमाइजेसन स्किम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima

काठमाडौं, ९ साउन । सानिमा बैंकको ग्राहकहरुलाई सुलभ बैंकिङ्ग सेवा अनुभव गराउने उद्वेश्यले “सानिमा मनि म्याक्सिमाइजेसन स्किम” पहिचानमा ल्याएको छ ।

यो योजनाद्वारा नँया तथा हाल रहेका ग्राहकहरुले पायक परेको समयमा कुनै पनि ठाँउमा रहेर ई-एकाउन्ट पोर्टलबाट स्वत बचत खाताबाट मुद्दति खातामा रकमान्तर गर्न बैंकलाई निर्देशन दिन सकिनेछ । बचत रकममा राम्रो मुनाफा खोजिरहेका ग्राहकहरुलाई फाईदाजनक हुने छ ।

यो योजना रोज्नुहुने ग्राहकहरुलाई विभिन्न लाभहरु प्राप्त हुनेछ, जस्तै खातामा रहेको अधिक रकम स्वत मुद्दति खातामा ट्रान्सफर हुने, ग्राहकले यस बैंकले प्रकाशित गरेको मुद्दति निक्षेप दरमा बढी ब्याजदर पाउने, स्वत नविकरण सेवा तथा मुद्दति निक्षेपलाई बन्द गर्नका लागी सजिलो विकल्प हुनेछ ।

ग्राहकहरुलाई थप जानकारी चाहिएको खण्डमा वेबसाइटमा रहेको कनेक्ट अप्सनमा गएर आफ्नो सम्पर्क बिवरण दिन सक्नेछन् ।

बैंकको कर्मचारीले ग्राहकलाई पायक पर्ने समयमा सम्पर्क गरि खाता खोल्न मदत गर्नेछ । साथै ग्राहकहरुले एसएमएस तथा अन्य सार्वजनिक सञ्जाल (भाइवर, स्काईप, फेसबुक, ह्वाट्स्एप)द्वारा पनि बैंकलाई सम्पर्क गर्न सक्नेछन् ।

बिस्तृत जानकारीका लागी सानिमा बैंकको वेबसाइट www.sanimabank.com मा हेर्न सक्नु हुनेछ अथवा निक्षेप व्यवस्थापन बिभागको कर्मचारीलाई ०१-४४३९०१ ९भाइबर/ह्वाट्स्एपः ९८६०९२३७८३० मा सम्पर्क गर्न सक्नुहुनेछ ।