काठमाडौं । मोडल तथा अभिनेत्री नम्रता सापकोटा हुन त अविवाहित हुन् । तर उनको सिउँदो रंगिएको छ । साडीमा सजिएर सिउँदो रंगाउँदा नम्रता निकै राम्री देखिएकी छन् ।
भदौ १७ गते रिलिज मिति तय गर्दै प्रचारमा उत्रिएको चलचित्र ‘ब्रासलेट’को एउटा गीतमा नम्रता विवाहिता महिलाको रुपमा देखिएकी छन् । ‘मेरो जिन्दगीमा..’ बोलको गीतमा उनी विवाहित रुपमा देखिएकी हुन् ।
गीतमा युवराज चौलागाई र दुर्गा परियारको स्वर छ । दीपक शर्माको संगीत, शान्तीप्रियको शब्द रहेको सो गीतमा नम्रता राम्री देखिएकी छिन् ।
केशव भट्टराइको निर्माणमा निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रमा रमेश उप्रेती, रजनी केसी पनि मुख्य भूमिकामा छन् ।
रमेश ७ वर्षपछि चलचित्र अभिनयमा पर्किएका हुन् । उनी चलचित्र ‘ब्रासलेट’ मार्फत अभिनयमा कमब्याक गरेका हुन् ।















प्रतिक्रिया