१ कार्तिक २०८३, आइतबार

पति छाडेकी गायिका रेश्माले दोस्रो बिहे गरिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reshma-Sunuwarकाठमाडौं । झापा घर भएका पूर्व प्रहरीकी पत्नी समेत रहेकी गायिका रेश्मा सुनुवारले दोस्रो विवाह गरेकी छिन् ।

रेश्माले जर्मनीमा बस्दै आएका लब्सङ तेन्दरसँग बिहीबार धुमधामसँग बिहे गरेकी हुन् ।

‘मै ठूली भइछु रे’ बोलको गीत गाएर चर्चामा आएकी रेश्माका अरु गीत खासै चल्न सकेनन् । एक छोराकी आमा समेत रहेकी रेश्मा बेलाबेला उनका क्रियाकलापले चर्चामा आउने गर्थिन् । उनका छोराले राजधानीमा उच्च शिक्षामा अध्ययनरत छन् ।

आफ्नो बिहेमा गायिका रेश्माले आफन्त र संगीत क्षेत्रमा उनीसँग निकट रहेकाहरूलाई मात्रै बोलाएकी थिइन् ।