१ कार्तिक २०८३, आइतबार

सेलेनाका फलोअर्स ३५ लाख बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

selena-gomez-senza-reggiseno-e-super-sexyलसएञ्जलस । सेक्सी एवम् क्यूट गायिका तथा मोडल सेलेना गोमेज कार दुर्घटनामा परेकी छन् । सेलेनाको कार सडकको रेलिङमा ठोक्किएर क्षतिग्रस्त भएको हो ।

‘ग्ली’ चलचित्रकी अभिनेत्री लिया मिसेजका साथ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको थियो । २३ वर्षीया गोमेजले कार ब्याक गर्दै गर्दा दुर्घटना भएको समाचारमा उल्लेख छ । गोमेज दुर्घटनामा परेपछि शुभेच्छुकहरूले चिन्ता जनाएका छन् ।

गोमेजले हालै इन्स्टाग्राममा नयाँ तस्बिर पनि शेयर गरेकी थिइन् । तस्बिरलाई लाइक गर्नेको संख्या ३५ लाख नागेको छ । सेलेनाको इन्स्टाग्राममा ८९ं.१ लाख फलोअर्स छन् ।

सेलेना सधैँ आफ्ना क्रियाकलापको तस्बिर इन्स्टाग्राममा शेयर गर्ने गर्छिन् । जसका कारण सेलेनाका फ्यान बढ्ने क्रममा छन् ।

इन्स्टाग्राममा सबैभन्दा बढी फ्यान फ्लोअर्स भएकी सेलेनालाई गायिका टेलर स्विफ्ट र किम कार्दाशियनले पछ्याइ रहेका छन् । – एजेन्सी